साझा चौतारीको वृद्धाश्रममा सहयोग

शशी पौडेल /पोखरा, १५ माघ/लायन्स क्लब अफ पोखरा बिरौटा साझा चौतारीले शनिबार बिच पोखरा १८ बाच्छेबुडुवा स्थित बात्सायन बृद्धाश्रममा न्यानो ब्लाङकेट तथा खाद्यान्न सामाग्री वितरण गरेको छ ।

कार्यक्रममा डिष्ट्रिक चिफ एडभाइजर एम.जे.एफ लायन इन्दु लम्सालले बृद्धाश्रममा रहेका १५ जना बृद्धबृद्धालाई सहयोग सामाग्री बितरण गर्दै बिभिन्न क्षेत्रमा क्रियासिल ब्यक्तीहरु यसरी सक्रिय रहनु राम्रो काम भएको भन्दै आगामी दिनमन पनि समाजमा रचनात्मक खालका कार्यक्रमका साथ अगाडी बढ्न आग्रह गरिन् ।

सोही कार्यक्रममा रिजन चियर पर्सन बाल कृष्ण बराल , जोन चियर पर्सन खुब बहादुर बराल, लायन्स क्लब अफ पोखरा सृजना चौतारीका पुर्ब अध्यक्ष बिना गुरुङ लगाएतले सामाजिक कार्यमा लाग्न चाहने व्यत्तिहरुलाई पनि समेटेर अगाडी बढ्न आग्रह गरे ।

यस्तै बृद्धाश्रमका अध्यक्ष बोधराज कार्कीले बिभिन्न सामाजीक संस्थाको सहयोगमा संचान गरिरहेको बताउदै आगामी दिनमा यसरीनै सहकार्य गर्नका लागी आग्रह गरे । लायन्स क्लब अफ पोखरा बिरौटा साझा चौतारीकी अध्यक्ष दुर्गादेबी आचर्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत बेगनास चौतारीका अध्यक्ष सन्तोष घिमिरे ध्वजा अभिबादन रजनी बराल धन्यबाद ज्ञापन सिता पहारीले गरेका थिए भने कार्यक्रमको सञ्चालन सचिब साबित्रा पौडेलले गरेकी थिइन । करिब ९० रोपनी क्षेत्रफ रहेको आश्रममा बिभिन्न जिल्लाका १५ जना बृद्धबृद्धा रहेका छन् ।

कमेन्टहरु
Loading...