सहिदचोक–हल्लनचोक सडक नमुना बन्दै

पोखरा, २३ वैशाख /पोखराको लेकसाईड क्षेत्रको सडक नमूना बनाईने भएको छ । विश्व बैंकको सहयोगमा सडक डिभिजन कार्यालय पोखराले सहिदचोकदेखि हल्लनचोक सम्मको सडकलाई नमूना बनाउने तयारी गरेको हो ।

सहिदचोक–हल्लनचोक सडक नमुना बन्दै
सहिदचोक–हल्लनचोक सडक नमुना बन्दै

नमूना सडक बनाउन सडक सुरक्षा सम्बन्धी काम गरिने सडक डिभिजन कार्यालय पोखराले जनाएको छ । फुट ट्रयाक र साईकल ट्रयाक निर्माण गरिने र ठाउँ ठाउँमा पर्यटन सूचना केन्द्र ब्यवस्थापन गरिने कार्यालयका प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिए । सडकको स्तरोन्नतीका लागि करिब १० करोड रुपैयाँ लगानी गर्ने तयारी छ ।

सडकको सुन्दरता झल्काउने गरी रङ्गरोगन र मार्किङ गर्छौं, सुवेदीले भने–लेकसाईड क्षेत्रको करिब साढे दुई किलोमिटर सडकमा काम हुन्छ । यहाँको सडकलाई अपाङ्गमैत्री बनाईनेछ भने दायाँ बायाँ रेलिङ्ग समेत राखिनेछ । सडक स्तरोन्नतीका लागि ठेक्का सम्झौता समेत भैसकेको छ ।

स्वदेशी तथा विदेशी पर्यटकको आकर्षणको केन्द्र फेवाताल अवलोकन र लेकसाइडको बजार विस्तारका लागि यो सडकको स्तरोन्नती निकै महत्वपूर्ण सावित हुने बताईएको छ । पर्यटन ब्यवसायीले पनि लामो समयदेखि स्तरोन्नती हुन नसकेको यो सडक नमूना बनाउन सके पर्यटन क्षेत्रमा थप टेवा पुग्ने बताए । करिब १४ बर्ष अघि सडक निर्माण भएदेखि अहिलेसम्म यो सडकको स्तरोन्नती हुन सकेको छैन । सडक स्तरोन्नती हुने भएपछि पर्यटन ब्यवसायी भने हर्षित भएका छन् ।

कमेन्टहरु
Loading...