सहारा खेलकुद पत्रकारीता पुरस्कार सुरज श्रेष्ठलाई

पोखरा, २४ भदौ /सहारा क्लब पोखरा प्रत्येक वर्ष प्रदान गर्दै आएको सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट रेडियो तथा टेलिभिजनकर्मी सुरज श्रेष्ठ पुरस्कृत हुने भएका छन् । बर्ष १२ औ संस्करणको पत्रकारीता पुरस्कारबाट पत्रकार श्रेष्ठलाई सम्मान गरिने भएको क्लवले शनिबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

पोखरा एफ एम र पोखरा टेलिभिजनमा कार्यरत रहेका छन् । प्रतिभा छनौट समितिको सिफारिस बमोजिम क्लबको कार्यकारिणी समितिको हालै बसेको बैठकले छनौट समितिको सिफारिसलाई अनुमोदन गरेको हो । उक्त पुरस्कारको राषि नगद १५ हजार ५ सय ५५, ताम्रपत्र, दोसल्ला रहेको छ । पुरस्कार भाद्र ३० गते प्रदान गरिने क्लवका अध्यक्ष विरभद्र आचार्यले बताए । पुरस्कारले खेलकुद पत्रकारितामा थप टेवा पुग्ने उद्धेश्यले आफुहरुले पुरस्कारलाई निरन्तरता दिदै आएको उनले जनाए ।

उक्त पुरस्कारको निम्ति कास्की जिल्लालाई कार्यक्षेत्र बनाई कम्तिमा पनि ५ बर्ष निरन्तर पत्रकारिता पेशामा आबद्ध भएको, प्रतिभा छनौट समितिका सदस्य पुरस्कारको निम्ति योग्य नहुने, खेलकुद पत्रकारितालाई उच्च प्राथमिकता दिएको छापा वा विद्युतिय पत्रकारितामा संग्लन हुनुपर्ने मापदण्ड निर्धारण गरेको थियो । २०६३ सालमा स्थापित सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट हालसम्म कुलचन्द्र न्यौपाने, २०६४ धन बस्नेत, २०६५ विनोद लामिछाने, २०६६ प्रेम नारायण न्यौपाने, २०६७ राम गुरुङ्ग, २०६८ दीननाथ बराल, २०६९ प्रदिप पौडेल, २०७० एकराज गिरी, २०७१ सागरराज तिमिल्सिना, २०७२ मा कृष्णमणि बराल र २०७३ मा एम बि आस्था मगर यस पुरस्कारबाट पुरस्कृत भई सकेका छन् ।

प्रतिभा छनौट समितिमा संयोजक नारायण कार्की, पत्रकार महासंघ,कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठ , पश्चिमाञ्चल क्षेत्रीय फुटबल संघका अध्यक्ष खेम बहादुर गुरुङ्ग, कास्की जिल्ला खेलकुद विकास समितका अध्यक्ष यम बहादुर गुरुङ्ग, खेलकुद पत्रकार मञ्च कास्कीका अध्यक्ष केशब पाठक, क्लबका सल्लाहकार सभापति विक्रम थकाली, अध्यक्ष वीरभद्र आचार्य, वरिष्ठ उपाध्यक्ष केशब बहादुर थापा र महासचिब केशबराज बराल समेतको ९ सदस्यीय प्रतिभा छनौट समिति रहेको थियो ।

कमेन्टहरु
Loading...