पोखरामा जारी एक्सपोमा घरायसी सामानहरुमा विशेष छुट, आइतबार बद्रि पँगेनीको प्रस्तुति

पोखरा, १५ मंसिर / पोखराको नयाँबजारमा जारी ‘सफल एक्सपो पोखरा साथमा तेस्रो मोवाइल मेला २०७५, पोखरा’ मा घरायसी सामानहरु किन्नेहरुको आकर्षण बढ्दै गएको छ । एक्सपोमा रहेका घरायसी सामानहरुको स्टलले भारी छुटका साथ सामानहरु बिक्री गरेपछि यो अवस्था आएको हो ।

मेला आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघका उद्योगतर्फका उपाध्यक्ष तथा स्टल संयोजक विन्दु कोइराला सुवेदीका अनुसार मेलामा घरायसी सामान, अर्गानिक उत्पादनहरुका साथै दैनिक जीवन अनि भान्सामा प्रयोग हुने सामानहरुका छुट दिइएको छ । ‘ एक्स्पोमा छुट नभएको सामान कुनै पनि छैन’, उहाँले भन्नुभयो ’,‘यसैगरी एक्सपोमा भएका मनोरञ्जनात्मक तथा साँस्कृतिक कार्यक्रमले पनि सहभागीहरुलाई थप मनोरञ्जन दिनेछ ।

यता शनिबारसम्म करिब २५ हजार जनाले एक्सपोको अवलोकन गरेका छन् । आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघका महासचिव अर्जुन पोखरेलका अनुसार मेला अगाडि बढ्दै गर्दा एक्सपोमा सहभागिता पनि बढ्दै गएको हो । यता, एक्सपोको प्रवेट टिकटमा राखिएको दैनिक उपहारअन्तर्गत शुक्रबारको उपहार ६० रुपैयाँतर्फको ७५३ नम्बरको टिकटलाई प्राप्त भएको छ ।

उपहार व्यवस्थापन समितिका संयोजक तथा संघका कार्यसमिति सदस्य ऋषिराम शर्मा भण्डारीका अनुसार विजेताले सिजी ब्राण्डको १ सय लिटरको रेफ्रिजेरेटर प्राप्त गरेका छन् । मंसिर १६ गते प्रवेश टिकटमा २० हजार मूल्य बराबरको युरो गार्ड उपहार रहेको छ । युरो गार्डको प्रायोजक मेघा बैंक लिमिटेड रहेको छ ।

साँस्कृतिक कार्यक्रम अन्तर्गत आइतबार एक्सपोमा लोकदोहोरीतर्फ बद्रि पँगेनीको विशेष प्रस्तुति रहनेछ भने चोलेन्द्र पौडेल, पूर्ण परियार, घनश्याम रिजाल, रविन लामिछाने, कृष्ण सुवेदी, तुलसा जिसी र पारु गुरुङले साथ दिने छन् । हाँस्यव्यङ्ग्यतर्फ आइतबार महादेव त्रिपाठी ९ जादूगर ० र पप आधुनिकतर्फ ‘निर कैले रिसाउने निर कहिले हसाँउने भन्दै कालीप्रसाद रिजालले प्रस्तुति दिने साँस्कृतिक उपसमिति संयोजक तथा संघका कार्यसमिति सदस्य केशवबहादुृर खत्रीले जानकारी दिए । यसैगरी भजन चुट्का प्रतियोगिता पनि एक्सपोको आकर्षण रहनेछ ।

सफल एक्स्पो पोखरा मंसिर १३ देखी २४ गते सम्म
सफल एक्स्पो पोखरा मंसिर १३ देखी २४ गते सम्म
कमेन्टहरु
Loading...