१२ औ सार्कका पदक विजेता खेलाडी पोखरामा

सागर राज तिमिल्सिना
पोखरा, १५ जेठ/१२ औ दक्षिण एशियाली खेलकुद प्रतियोगितामा नेपालका लागि पदक विजेता खेलाडी र प्रशिक्षकलाई पोखरा भ्रमण लागि पोखरा आइपुगेका छन् ।

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले पदक विजेता खेलाडीका लागि पोखरा भ्रमणको चाजोपाचो मिलाएको हो । एशियाली खेलकुदमा पदक विजेता मध्ये उसु र जुडोका खेलाडीहरु पोखरा आएका हुन् । उसुका ११ जना र जुडोका ८ जना गरि १९ जना खेलाडीले पोखराका विभिन्न ठाउँको भ्रमण गर्ने छन् ।

उनीहरुलाई भ्रमणका क्रममा ठाउँ ठाउँमा सम्ममानको कार्यक्रम समेत राखिएको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले जानकारी दिए । खेलाडीहरुले पोखरा रहदा फेवाताल, बेगनास ताल, विश्वशान्ती स्तुप, पातले छाँगो, अन्तराष्टिय पर्वतिय संग्रालय, घान्दुक, महेन्द्र गुफा, लुम्ले कृषी अनुसन्धान केन्द्र लगाएका ठाउँको अवलोकन गर्ने छन् ।

उनीहरुलाई आउने, जाने, बस्ने, खाने र घुम्ने व्यावस्था पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको संयोजनमा विभिन्न संघ सस्थाले मिलाएको अध्यक्ष पौडेलले जानकारी दिए । उनले बाकि रहेका पदक विजेता खेलाडीलाई अर्को पटक घुम्ने व्यवस्थापा माएको बताए ।

कमेन्टहरु
Loading...