रुपा गाउँपालिकाको बजेट २७ करोड (के के मा कति)

पोखरा, २८ असार /रुपा गाउँपालिकाको पहिलो गाउँ सभाले आर्थिक वर्ष २०७४÷०७५ को बजेटमा २७ करोड ३५ लाख ७५ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । गाउँपालिका अध्यक्ष नवराज ओझाले नीति तथा कार्यक्रम मार्फत सरकारी अनुदान ११ करोड ९९ लाख र सशर्त अनुदान ८ करोड ९२ लाख गरि २७ करोड ३५ लाख रुपैयाँको बजेट प्रस्तुत गरे ।

कृषि, पूर्वाधार विकास, आर्थिक विकास, सामाजिक क्षेत्र, सेवा प्रवाह र सुशासनमा नीति तथा कार्यक्रमले जोड दिएको छ । सवैभन्दा बढी बजेट पूर्वाधार विकासमा छुट्याइएको छ । मंगलबार प्रस्तुत गरिएको बजेटमा सडक, सिंचाई, पुल, झोलुंगे पुल, विद्युत, सहरी विकास र वैकल्पिक ऊर्जाका लागि ५ करोड २६ लाख विनियोजन गरिएको छ ।

कृषि, पर्यटन, उद्योग, वाणिज्य, सहकारी, वित्तीय क्षेत्र र पशुपालन लगायत आर्थिक विकासमा १ करोड २३ लाख, शिक्षा, स्वास्थ्य खानेपानी तथा सरसफाई, सुरक्षा र युवा तथा खेलकुदमा २ करोड १० करोड रुपैयाँ विनियोजन गरिएको छ ।

संस्थागत विकास, सेवा प्रवाह र सुशासनमा ८४ लाख ३६ हजार, वितावरण तथा विपद् व्यवस्थापनमा ३६ लाख १९ हजार, वित्तीय व्यवस्थापन तथा सुशासनमा ३१ लाख रुपैयाँ बजेट प्रस्तुत गरे । आन्तरिक राजश्वमार्फत २९ लाख ३० हजार
रुपैयाँ, सम्पत्ति कर, घर बहाल कर, सवारी साधन कर, पर्यटन करबाट १० लाख रुपैयाँ संकलन गर्ने लक्ष्य बजेटमा प्रस्तुत छ ।

गाउँपालिकाका सबै वडा र बस्तीमा सडक विस्तार, स्तरोन्नति गर्ने, हंसपुर, ठूलीवेशी हुँदै रुपाकोट, खोलाको छेऊ, देउराली, सिद्ध, टाकन्जा, थुम्कीबाट हंसपुर जोडिने गरी यसैवर्ष रिङरोडको रुपमा विकास गर्ने लक्ष्य गाउँपालिकाको बजेट मार्फत ओझाले प्रस्तुत गरेका छन् । कृषकलाई आधुनिक हलो वितरण गर्ने योजना बताएका उनले बाँदर नियन्त्रणका लागि १० लाख रुपैयाँ छुट्याइएका छन् ।

कमेन्टहरु
Loading...