रुप फेर्दै सभागृह

पोखरा, २३ पुस
पोखरा सभागृह हलको मर्मत कार्य सुरु गरिएको छ । मर्मत सम्भारको अभावमा जिर्ण बन्दै गई रहेको हलको पोखरा महानगरपालिकाले मर्मत कार्य सुरु गरेको हो । पहिलो चरणमा बाहिरी आवरणमा रङ्ग र तारबार लगाइने महानगर स्रोतले जनाएको छ ।
वि.स. २०५० मा स्थापना पछि हालसम्म सभागृह सरक्षणमा कुनै कदम नचालिदा हल जिर्ण बन्दै गई रहेको थियो । ‘यसको व्यवस्थापनमा राज्यको तर्फबाट कमि भएकै हो,’ पोखरा महानगरपालिकाका मेयर मान बहादुर जिसीका स्वकीय सचिब लक्ष्मण तिमिल्सिनाले भने, ‘पोखरेलीमा मात्र नभई पोखरा आउँने पर्यटकमा पनि यसले नराम्रो सन्देश गएको छ ।’
स्मार्ट सिटीको अवधारण अघि बढि रहँदा सबै कुरा स्मार्ट हुनू पर्ने उनको भनाई थियो । देशकै ठूलो महानगरपालिका भएको हुनाले पनि सभागृहलाई संरक्षण गर्नुपर्ने उनले औल्याए । ‘पहिलो चरणमा बाहिरी आवरण सिगाछौं,’ उनले भने, ‘गेट र बाहिरी जति पनि देखिने ठाउँ छ त्यसमा कलरिङ्ग गर्छौ । दोस्रो चरणमा भित्रको सिटहरु व्यवस्थीत गर्ने अन्य मर्मतका काम गछौं । बाहिर कलर गरि सकेपछि । कमसेकम झट्ट हेर्दा बाहिरीबाट आउँने मान्छेका लागि पनि राम्रो देखिन्छ ।’ यसबाट राम्रो सन्देश जाने उनको भनाई थियो ।
पहिलो चरणको कामका लागि ३ लाख ५० हजार बजेट छुट्याइएको महानगरपालिकाका सूचना अधिकृत गंगालाल सुवेदीले जानकारी दिए । ‘पहिलो चरणको बजेटले बाहिरी आवरण बनाउँछौं,’ उनले भने । पोखराको हकमा धेरै सभा गोष्ठि भई रहने हुनाले पनि सभागृहको खाँचो रहेको उनले सुनाए ।
सरकारी कार्यक्रम बाहेकका अन्य सभा, गोष्ठि पनि सभागृहमा सञ्चालन हुँदै आएको छ ।

कमेन्टहरु
Loading...