प्रस्तावित रोट¥याक्टरको भेला पोखरामा

पोखरा, ४ फागुन/अन्तर्राष्ट्रिय सामाजिक संस्था रोटरी क्लवको अभिन्न संस्था रोट¥याक्ट युवा भेला पोखरामा सम्पन्न भएको छ । रोटरी क्लव पोखरा लेकसाइड मार्फत हुने रोट¥याक्ट क्लवमा आवद्धता हुने १८ वर्षदेखि ३० वर्षसम्मका युवा शक्तिलाई सामाजिक कार्यमा कृयाशील बनाउने उद्देश्यले भेला आयोजना गरिएको क्लवका अध्यक्ष सुन्दर कुमार श्रेष्ठले बताए ।

भेलामा सहजीकरणको रुपमा अध्यक्ष एवं पूर्व डिष्ट्रिक सर्व गभर्नर सुन्दर कुमार श्रेष्ठले रोटरी मार्फत हुने संसारभरका गतिविधिले युवा केन्द्रित जिम्मेवारी कर्तव्य र अध्ययनलाई अगाडि बढाउन रोट¥याक्ट क्लव महत्वपूर्ण हुने बताए ।
कार्यक्रममा क्लवका सदस्य अधिवक्ता रोहितराज बास्तोलाले युवा शक्तिको जीवनयापन गर्न रोटरी शिक्षाले मार्गदर्शन गर्ने बताए । क्लवका सदस्य डा.बद्री पौडेलले विदेशी भावनालाई त्यागी स्वदेशी भावना विकास गर्न रोटरीले सही दिशा दिने बताए ।

क्लवका सदस्य एवं स्वतन्त्र पत्रकार संघका अध्यक्ष कृष्ण थापाले समाजसेवामा युवा सहभागिता बढाउनुपर्न बताए । कार्यक्रम संयोजक अर्जुन खनालले रोटरी शिक्षा जात, धर्म, राजनीति भन्दा माथि उठेर सेवाको भावना देखाउने बताए ।
सन् १९०५ मा अमेरिकामा शुरु भएको रोटरी क्लव हाल २ सय भन्दा बढी देशमा सामाजिक कृयाकलापमा सक्रिय रहँदै आएको छ ।

रोटरी सुवास मल्लको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लवका सचिव ध्रुवसिंह खड्का, रोट¥याक्ट क्लव अफ पोखराका अध्यक्ष शिवलाल सुनार, रोटरी क्लव अफ लेकसाइडका सन् २०१८ का अध्यक्ष जयराम पौडेल, पूर्व अध्यक्ष सन्जीव पौडेल लगायतले युवा वर्गलाई सामाजिक कार्यमा अगाडि बढ्न सके देशको विकासमा महत्वपूर्ण भूमिका रहने बताए ।

कमेन्टहरु
Loading...