पोखराको रोपाई महोत्सवमा रमाए पर्यटक (फोटो फिचर)

सागर राज तिमिल्सिना
पोखरा, १५ असार /टपरीमा दही रोटी र चिउरा अनि पञ्चे बाजाको धन्की रहेका थिए । विभिन्न असारे भाकामा नाच्नेहरुको पनि कमि थिएन । पर्यटकलाई दही, चिउरा, धानको विऊको मालाले स्वागत गर्न पोखरा –१७ महतगौडा बासी ब्यस्त थिए । विगत वर्षमा जस्तै यस पटक पनि पोखरा पर्यटन परिषद्को आयोजनामा पोखरामा रोपाई महोत्सव भयो ।

विदेशी पर्यटक हिलोले चिन्नै नसक्ने भए । विगतका महोत्सवमा भन्दा यस विदेशी पर्यटकको संख्या धेरै थियो । असारे रोपाई महोत्सवको हिलो खल्ने विभिन्न देशका पर्यटकलाई तछाड्मछाड् थियो । “पोखरा सबै मौसमका लागि” भन्ने नारा सहित १३ असारे महोत्सवमा स्वदेशीदेखि विदेशीहरुका लागि आयोजना भएको थियो । सहरी क्षेत्रमा रहेका खेती योग्य जग्गा प्लटिङ गरेर घडेरीमा परिणत भएपछि असारको महत्व हराउने होकी भन्ने चिन्ताले यस्ता महोत्सवले संस्कृतिको जगेर्नाका लागि सरकारले पनि ध्यान दिनु पर्ने आयोजक पोखरा पर्यटन परिषदका अध्यक्ष सोम थापाले बताए ।

ropi festival pokhara  (4) ropi festival pokhara  (5) ropi festival pokhara  (6) ropi festival pokhara  (7) ropi festival pokhara  (8) ropi festival pokhara

कमेन्टहरु
Loading...