नेपालमा सबै भन्दा धेरै रेमिट्यान्स अमेरिकाबाट

काठमाडौं, १४ साउन / पछिल्लो ११ महिनामा नेपालमा सबैभन्दा बढी रेमिट्यान्स अमेरिकाबाट आएको छ । आर्थिक वर्ष २०७५/७६ को ११ महिनामा अमेरिकाबाट एक खर्ब ८१ अर्ब ४७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

डाइभर्सिटी भिषा (डीभी)का साथै विद्यार्थी भिसामा अमेरिका जाने क्रम बढ्दै गएपछि त्यसको प्रभाव रेमिट्यान्समा परेको हो ।

नेपालमा भूकम्पपछि सन् २०१५ को जुनयता अमेरिकाले नेपालीका लागि टेम्पोररी प्रोटेक्टेड स्ट्याटस (टिपिएस) दिएका कारण अवधिमा प्रवेशाज्ञा समाप्त भएका नेपालीले बढी समय बस्ने अनुमति पाएका छन् ।

यो सुविधा अन्तर्गत उनीहरुले सन् २०२० को मार्च २० सम्म अमेरिकामा काम गर्न पाउँछन् । राष्ट्र बैंकको गत आवको ११ महिना (साउन–जेठ) को तथ्यांक अनुसार बढी रेमिट्यान्स आउने मुलुकमा अमेरिकापछि दोस्रोमा भारत छ ।

भारतमा काम गर्ने नेपालीको तथ्यांक छैन । आजको अन्नपूर्ण दैनिकमा तुलसी सुवेदी समाचार लेखेका छन् ।

कमेन्टहरु
Loading...