स्थानीय चुनाव गर्न सरकार नै बाधक -सभापति देउवा

सागर राज तिमिल्सिना
पोखरा, २३ जेठ /कांग्रेस सभापति शेरबहादुर देउवाले स्थानीय निकाय र प्रदेशिक चुनाव गराउन सरकार नै वाधक रहेको आरोप लगाएका छन् । सभापति देउवाले गणतन्त्रलाई संस्थागत गर्नका लागि स्थानीय निकाय र प्रादेशिक निर्वाचन आवश्यक रहेको बताए ।

नेपाल पत्रकार महासंघ कास्कीद्वारा सञ्चालित तथा प्रजातन्त्रका सेनानी स्व.दयाशंकर पालिखेको परिवारद्वारा स्थापित ‘दयाशंकर स्मृति पत्रकारिता पुरस्कार प्रदान गर्दै देउवाले सरकारले चुनाव गराउ नै नचाहेको बताए । देउवाले मंसिरमा चुनाव गर्ने हो भने सरकारले पुनसंरचना आयोगको म्याद घटाउनु बताए । मंसिरमा चुनाव गर्न कात्तिक सम्ममा आयोगको प्रतिबेदन आइसक्नु पर्ने उनको भनाई थियो । उनले मंसिरमा चुनाव गर्ने भनेर सरकारले जनतालाई धोका दिने काम गरिरहेको बताए ।

गाउँ–नगर चुनाव नभइ प्रान्तिय र प्रन्त्यि नभई राष्ट्रिय सभाको चुनाव हुन नसक्ने भएकाले वर्तमान सरकारले चुनावका लागि आन्तरिक तयारी नै नथालेको बताए । सरकारले ल्याएको बजेटका बारेमा देउवाले कांग्रेसले राष्ट्रिय ढुकुटी जोगाउने, एमालेले सक्ने गरि बजेट ल्याएको बताए ।

रमेश पौडेललाई ‘दयाशंकर स्मृति पत्रकारिता पुरस्कारबाट देउवाले सम्मान गरे
रमेश पौडेललाई ‘दयाशंकर स्मृति पत्रकारिता पुरस्कारबाट देउवाले सम्मान गरे

सभापति देउवाले ओली सरकार ढलाउन एमाले नै लागेको बताउदै काग्रेसले ढलाउने खेलमा नलागेको बताए । उनले सत्ता साझेदार माओवादी केन्द्रले सहमति अनुसार राजिनामा माग्दैछ, उनकै पार्टी एमालेका बरिष्ठ नेता माधव नेपाल, झलनाथ खनालले सरकार छाड्ने भन्दै हिडेका छन् काग्रेसले ओली सरकार ढलाउनु पर्दैन ।

पूर्व प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति देउवाले संविधान कार्यान्वयनका लागि कांग्रेस नेतृत्व गर्न तयार रहेको बताए । उनले भने,‘संविधान कार्यान्वयन अहिलेको प्रमुख काम हो, कांग्रेस प्रतिपक्षमा बसेपनि यसका लागि सहयोग गर्छ, आवश्यक परेको खण्डमा कांग्रेसले संविधान कार्यान्वयनको नेतृत्व लिन पनि तयार छ । कार्यक्रममा पत्रकार रमेश पौडेललाई ‘दयाशंकर स्मृति पत्रकारिता पुरस्कारबाट देउवाले सम्मान गरेका थिए । । उनलाई ३३ हजार ३ सय ३३ रुपैयाँ पुरस्कार सहित दोषल्ला र ताम्रपत्रले सम्मान गरे ।

कमेन्टहरु
Loading...