रत्नशमसेर थापा राष्ट्रिय मुक्तक पुरस्कारबाट पोखरामा सम्मानीत

पोखरा, २७ चैत /मुक्तक मञ्च पोखराद्वारा सञ्चालित ‘राष्ट्रिय मुक्तक पुरस्कार–२०७२’ बाट अग्रज साहित्यकार तथा मुक्तककार रत्नशमसेर थापा पुरस्कृत भएका छन् । शनिबार पोखरामा आयोजीत कार्यक्रममा संगित तथा नाट्य प्रतिस्ठान कुलपति सरुभक्तले सम्मान गरे । नगद ११ हजार १ सय ११, दोसल्ला र सम्मान पत्रले थापालाई पुरस्कृत गरे ।

रत्नशमसेर थापा राष्ट्रिय मुक्तक पुरस्कारबाट पोखरामा सम्मानीत
रत्नशमसेर थापा राष्ट्रिय मुक्तक पुरस्कारबाट पोखरामा सम्मानीत

साहित्यकार तीर्थ श्रेष्ठको संयोजकत्वमा दीपक समीप, अल्पविराम, रुपिन्द्र प्रभावी ‘कटु’ सदस्य र संस्थाका अध्यक्ष सरला लामिछाने ‘सरु’ सदस्य सचिव रहेको प्रतिभा छनौट समितिले थापालाई पुरस्कृत गर्ने निर्णय गरेको हो । नेपाली मुक्तकको विकासमा महत्वपूर्ण योगदान पु¥याएकाले थापालाई पुरस्कृत गर्ने मुक्ति मञ्चकी अध्यक्ष सरला लामिछानेले बनाइन् ।

सोही अवसरमा थापाको एकल वाचन समेत भएको थियो । मञ्चले हरेक २÷२ वर्षमा पुरस्कार वितरण गर्दै आइरहेको संस्थाका छ । साहित्यकार विष्णुकुमार श्रेष्ठ ‘अल्पविराम’द्वारा स्थापित उक्त पुरस्कार यस भन्दा अगाडि स्व कृष्णप्रसाद पराजुलीलाई अर्पण गरिएको थियो ।

कमेन्टहरु
Loading...