रत्न मन्दिर र हिमागृह खुल्ला गरेर भ्रमण बर्ष शुरुवात गरौं–सांसद पहारी

पोखरा, २८ चैत /गण्डकी प्रदेशका सांसद राजिव पहारीले पोखराको लेकसाइडमा अवस्थित रत्न मन्दिर र हिमागृह सर्वसाधारणका लागि खुल्ला गरेर नेपाल भ्रमण वर्ष २०२० को शुरुवात गर्नुपर्ने बताएका छन् ।

संघिय सरकारको मातहतमा रहेको दुई स्थान सर्वसाधारणका लागि खुल्ला नगरेसम्म आन्तरिक तथा वाह्य पर्यटकहरूको संख्यामा उल्लेख्य वृद्धि नहुने बताए । उनले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने संघिय सरकारको लक्ष्य प्राप्तिका निम्ति पनि सो आवश्यक भएको बताए ।

फेवाताल पुरिदै गएको तर्फ इंगित गर्दै पहारीले फेवाताललाई पोखरी हुनबाट बचाउन सर्वाेच्च अदालतको आदेश अनुसार काम अगाडि बढेको जानकारी दिदै फेवातालको मापदण्डको विषय चाँडै प्रष्ट पारिने बताए ।

प्रदेश सरकारले घोषणा गरेको आन्तरिक भ्रमण वर्ष र संघीय सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष दुवैको माध्यमबाट पोखराको पर्यटनले नयाँ उचाई लिने गरी तीव्र गतिमा काम अगाडि बढाउन सरकारलाई आग्रह गरे ।

पोखराको रत्न मन्दिर खुलाउने प्रदेश सरकारको तयारी

पोखरा पर्यटन परिषद् र पर्यटन सम्वद्ध विभिन्न १२ वटा संघ संस्थाहरूले बिहीबार पोखरामा नयाँ बर्ष २०७६ को शुभकामना आदनप्रदान कार्यक्रममा गण्डकी प्रदेशका सांसद विन्दूकुमार थापाले २०७६ साललाई नेपाल र नेपालीको संवृद्धिको निम्ति ‘माइल स्टोन बर्ष’ को रूपमा उपयोग गर्नुपर्ने बताए ।

अर्का सांसद रामजी बराले पोखरालाई सम्पूर्ण गण्डकी प्रदेशको मात्रै नभई नेपालकै एक उत्कृष्ट पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न सरोकारवाला सबै पक्षहरू लागी पर्नु पर्ने बताए ।

पोखराको हिमागृह भाडामा दिने भने पछि पोखरेली विरोधमा

पोखरा पर्यटन परिषदका अध्यक्ष चिरञ्जिवी पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा परिषदका संस्थापक अध्यक्ष अशोक पालिखे, कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढा, परिषदका महासचिव डिल्लिप्रसाद गौतम लगायतले शुभकामना दिएका थिए ।

 

कमेन्टहरु
Loading...