‘यदी कसैको अधिकारबारे बोल्दा मुद्दा लाग्छ भने, कठघरामा उभिन तयार छुँ’

श्याम रानामगर
पोखरा, २१ माघ /लेखक रामलाल जोशीले २०७२ मा कथा संग्रह ‘ऐना’ बजारमा ल्याए । पछि, सोही कथा संग्रह ‘ऐना’ले नेपालकै सर्वाधिक पुरस्कार राशी भएको पुरस्कार ‘मदन पुरस्कार – २०७२’ हात पार्यो । यसअघि फुटकर लेख, कथा र गजल संग्रह ‘हत्केलामा आकाश’ बजारमा आए पनि उनी गुमनाम जस्तै थिए । मदन पुरस्कार हात पारेपछि भने उनी एकाएक चर्चामा आए ।

उनै लेखक रामलाल जोशी आइतबार पोखरेली पाठकमाँझ उभिए । नेपाली साहित्य र समसामयिक बिषयमाथि बहस गर्ने संस्था ‘नौलो बहस’ले उनलाई पोखरामा उभ्याएको थियो । उनी सँगै बहस गर्न सहजकर्ताका रुपमा उभिएका थिए अर्का लेखक दीपक पराजुली ।  ‘ऐना’ बजारमा आउनु अघि लेखक रामलाल जोशीको नाम खासै सुनिएको थिएन । ‘ऐना’ बजारमा आएपछि लेखक रामलाल जोशी भनेर चिनियो÷खोजियो । मैले सत्य बोलि रहेको छु ? स्टेजमा चढ्ने बित्तिकै सहजकर्ता दीपकले प्रश्न तेस्याई हाले ।

‘हो, म स्विकार्छु,’ मन्द मुस्कुराउँदै रामलालले बहसको सिलसिला सुरु गरे, ‘यसअघि एकाध गजल संग्रह र कथाहरु पत्रपत्रिकामा आए पनि म गुमनाम नै थिए । ऐना ले नै मलाई लेखक रामलाल जोशी भनेर चिनायो । त्यति बेला अहिले जस्तो इमेल, इन्टरनेटको सहज पहुँच पनि थिएन त्यसैले पनि एक ठाउँको मान्छेले अर्को ठाउँको मान्छेलाई चिन्दैन थें ।’ चार कक्षामा पढ्दा नै लेख्न सुरु गरेको उनले सुनाए । उसो त, रामलाल ११ वर्षको हुँदा पहिलो पल्ट स्कुलमा पाइला टेकेका थिए ।

‘ऐना’ बजारमा ल्याएपछि एकाएक हिट हुन्छु भन्ने योजना थियो ? दीपक एकपछि अर्को गर्दै प्रश्न वर्षाउथें । रामलाल मन्द मुस्कुराउँदै जवाफ । ‘होइन, चर्चित हुन्छु भन्ने योजना होइन । अभिलाषा मात्र हो,’ रामलालको जवाफ । २०७० मा विवाह भई सकेकी बैनीको मृत्युपछि विक्षिप्त भएर लेखनमा सक्रिय भएर लागेको उनले सुनाए । ‘आफैंले हुर्काएको बैनीको मृत्युले एकदमै विक्षिप्त भए । करिब एक डेड महिना त घरबाट बाहिर नै निस्किन,’ उनले भने, ’त्यही पीडा भुलाउँन पनि लेख्न सुरु गरेको हुँ ।’ ‘ऐना’ बजारमा आएपछि रामलाललाई साहित्यको घेरा ठूलो बनाई दियो ।

साहित्यको क्षितिज उघा¥यो । पश्चिमको कथा पढ्न चाहे पनि पढ्न पाइदैन्थ्यो । आफ्नै आँखाले नियाँलिरहेका पश्चिम नलेखिएका बिरासत कथा लेख्ने हुटहुटीले उनलाई सताउथ्यो । आफूँ भित्रको लेखनको हुटहुटी ऐनामा पस्केको रामलाल बताउँछन् । पश्चिममा लुकेर रहेका जति पनि कथा थिए । सबै ऐनामा छर्ल® देखिएनन् । ऐनामा उतार्न नसकेका त्यही कथालाई समेट्न ‘सखी’ बजारमा ल्याएको उनी सुनाउँछन् ।

ऐनामा जति पनि कथा । ति कथाले पाठहरुलाई पश्चिम तिर फर्कन बाध्य तुल्याए । ऐना भित्रको एउटा देह व्यापारको कथा त कतिपयले पत्याएनन् पनि । पछि, रामलालले पश्चिमको वास्तविकता नपत्याउँनेहरुलाई कैलाली पु¥याए । चिसापानीमा बियर खाइ सकेपछि ति साथीहरुले बियरको नशा नै उत्रिएको प्रस® उनले उप्काए । रामलाल यो सबै को जड सत्तालाई देख्छन् । ‘पहाडमा भोक नभएको भए, बाटो भएको, बिजुली भएको भए । पहाड बाट मान्छे किन तराई झर्थे ?’ रामलाल भन्दै थिए ।

‘अरुको समाजको कथा लेख्दा । लेककिय अधिकार प्रयोग गर्दा खुलेर प्रयोग गर्नुपर्छ वा केही क्राइट एरिया राख्नुपर्छ ?’ सहजकर्ता दीपकले सरस्वती प्रतीक्षाको ‘नथीया’ र विवेक ओझाको ‘ऐलानी’ माथि लागेको मुद्दाको प्रस® उप्काए । ‘मलाई लाग्छ लेखक आफैंमा सचेत वर्ग हो,’ रामलालको जवाफ, ‘कसैको कथा लेख्दा आत्मसम्मान मै ठेस पुग्छ जस्तो त लाग्दैन । उनीहरु झनै सचेत हुन्छन् । यदी कसैको अधिकार बारे बोल्दा मुद्दा लाग्छ भने म कठघरामा उभिन तयार छुँ ।’

कमेन्टहरु
Loading...