अदालत र अख्यितियारलाई लिएर सरकारले भष्ट्रचार गरेको कांगे्रस नेता पौडेलको आरोप

पोखरा, ३२ जेठ /नेपाली कांगे्रसका बरिष्ठ नेता रामचन्द्र पौडेलले दुई तिहाइको दम्बमा अदालत र अख्यितियारलाई निरिय बनाएर भष्ट्रचार गरेको आरोप लगाएका छन् ।

शैलजा आचार्य समाज कास्कीले पोखरामा शनिबार आयोजना गरेको भष्ट्रचार विरुद्धको नागरिक अभियान कार्यक्रमलाई सम्बोधन गर्र्दै उनले त्यस्तो बताएका छन् ।

बरिष्ठ नेता पौडेलले कमिसनको खेलमा सरकारले मेलम्ची, बुढीगण्डकी र वाइडवडीमा भष्ट्रचार गरेको आरोप लगाए । उनले भष्ट्रचारका कारण राजनीति प्रति जनताको वितृष्णा बढेको बताए । नेता पौडेलले राजनीतिक गर्ने केहि नेताहरुका कारण राजनीति गर्ने नेता प्रति नै जनताको आत्मसन्तुष्टि गुमेको बताए ।

उनले भष्ट्रचार प्रवृत्तिको विरुद्ध हरेक ठाउँवाट युद्ध छेड्नुपर्ने बेला आएको बताए । कार्यक्रममा पुर्वसभामुख तारानाथ रानाभाटले भष्ट्रचारी जोसुकै भएपनि छाड्न नहुने बताए ।

उनले देशमा पहिला एउटा राजा थिए अहिले सयौं राजा बनेर भष्ट्रचार गरेकाछन् । कार्यक्रममा हरिबहादुर थापाले भष्ट्रचार सम्बन्धि कार्यपत्र समेत प्रस्तुत गरेका थिए ।

कमेन्टहरु
Loading...