बादल हत्याकाण्डः घटनाको छानवीन माग्दै राजेन्द्रमणी आमरण अनसनमा

पोखरा, २९ साउन / तीन वर्ष अगाडी नेपाली काँग्रेसका नेता रामजी पौडेल (बादल) हत्यामा आफुलाई दोषी बनाईएको भन्दै न्यायको माग सहित काँग्रेसका तत्कालीन लेखनाथ नगर सभापति राजेन्द्रमणी लामिछाने आमरण अनसन बसेका छन् ।

सोमबार विहानदेखि नेपाली काँग्रेसको केन्द्रिय कार्यालय अगाडी उनी अनसन बसेका छन् । ‘अपराध गर्नु पाप हो । आरोप सहनु झन् महापाप हो, उनले भने–‘मलाई आरोपबाट मुक्त गरियोस् भनेर पटक पटक माग गर्दापनि पार्टीबाट न्याय पाईन । न्यायको लागि जीवनको पर्वाह नगरी अनसन बसेको छु ।’

२०७२ साल साउन २८ गते राती कांग्रेसका कार्यकर्ताद्वारा आफ्नै पार्टीका नेता वादलको जघन्य हत्या गरेका थिए । हत्या पछि मृतक पौडेलका दाजु राममणी पौडेलले जिल्ला प्रहरी कार्यालयमा दिएको किटानी जाहेरी दिएका थिए ।

घटनामा संलग्नमध्ये ६ जनालाई कास्की जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको छ । अदालतबाट जन्मकैद सजाय पाउनेमा साविक लेखनाथ नगरपालिका वडा नं १२ का तरुण दलका उपाध्यक्ष राउटे भन्ने विश्वास गौतम र उनका साथीहरु विभिन्न ठाउं वस्ने राजु रानाभाट, प्रकाश गुरुङ, वले भन्ने अशोक गुरुङ, रविन के.सि. र सन्दीप गुरुङ रहेका छन् ।

लामिछानेले आफुलाई लगाईएको आरोप पार्टीले सार्वजनिक रुपमा फिर्ता लिन लगाउनुपर्ने माग गरेका छन् । ‘कानुनी रुपमा त मेरो मुद्धा फिर्ता भैसक्यो । तर परिवारले र अरु काँग्रेसका र समाजका केही ब्यक्तिहरुले मलाई हत्याकाण्डको योजनाकार बनाएका छन्, उनले भने–यसको बिषयमा भएका सत्यतथ्य छानवीन गरी यथार्थ कुरा बाहिर आउनुपर्छ । कम्तिमा राजेन्द्रमणी दोषी हो वा होईन भन्ने कुराको विश्वास आम जनमानसमा पर्नुपर्छ ।’

हत्या आरोपमा किटानी जाहेरी पछि उनलाई २६ दिनसम्म कास्की प्रहरीको हिरासतमा राखिएको थियो । पछि आरोप प्रमाणित हुन नसकेपछि उनलाई प्रहरीले छाडेको थियो ।

कमेन्टहरु
Loading...