¥याफ्टिङको वल्र्डकप प्रतियोगितामा भागलिन जाने नेपाली टोलीको पोखरामा विदाई

पोखरा, २१ वैशाख /¥याफ्टिङ वल्र्डकपका लागि अष्ट्रेलिया प्रस्थान गर्न लागेको नेपाली टिमलाई पोखराका पर्यटन ब्यबसायीहरुले बिदाई गरेका छन् ।

अन्तराष्ट्रिय ¥याफ्टिङ महासंघको आयोजनामा मे १६ देखी १९ सम्म दक्षिण अष्ट्रेलियाको क्वीन्स ल्याण्डको टुली नदीमा वल्र्डकप च्याम्पियनसिपमा जान लागेको टोलीलाई व्यवसायीले विदाइ गरेका हुन् ।

सहभागी हुने टिमलाई शनिबार गण्डकी प्रदेश सभा सदस्य राजीब पहारीले नेपालको झण्डा हस्तान्तरण र रेवान पोखरा तथा पोखरा पर्यटन परिषदका अध्यक्ष लगायतले खादा लगाई बिदाई गरेका हुन् ।

प्रतियोगितामा भाग लिनका लागि सुरज गुरुङको कप्तानीमा सुनिल गुरुङ, सविन गुरुङ, शक्ति कुमार गुरुङ, दिपेश गुरुङ, पदम बहादुर गुरुङ र रविल मिया जादै छन् । नेपाली टिम प्रशिक्षकका रुपमा नेपाल एजेन्सीज ¥याफ्टिङ एशोसियशनका अध्यक्ष निम बहादुर मगर रहेका छन् ।

¥याफ्टिङको वल्र्डकप प्रतियोगितामा भागलिन जाने नेपाली टोलीको पोखरामा विदाई
¥याफ्टिङको वल्र्डकप प्रतियोगितामा भागलिन जाने नेपाली टोलीको पोखरामा विदाई

प्रशिक्षक मगरले नेपाली टोलीले ४ वटा टिम इभेन्टमा सहभागीता जनाउने बताए । उनले दुई वर्ष अगाडी जापानमा भएको प्रतियोगितामा नेपालले १३ स्थान हासिल गरेको बताउदै यस पटक नेपालले पदक वा १० औ स्थान सम्म ल्याउने बताए ।

उनले प्रतियोगितामा सहभागी हुनका लागि करिब ३४ लाख लाग्ने खर्च लाग्ने भएपनि सरकारबाट कुनै सहयोग नपाएको बताए । उनले विभिन्न गाउँपालिका र संघ सस्थाबाट करिब १४ लाख रुपैया संकलन गरेको र अरु खर्च उठाउने अभियानमा रहको बताए ।

उनले केन्द्र सरकार र नेपाल पर्यटन बोर्डले कुनैपनि सहयोग नगरेको बताए । राष्ट्रिय ¥याफ्टिङ प्रतियोगिता २०७५ बाट खेलाडीहरु छनौट भएका थिए । विगत दुई महिनादेखी सती नदीमा अभ्यास गरिरहेका थिए । उनीहरु आगामी मे ७ तारिकमा अष्ट्रेलिया प्रस्थान गर्नेछन् । खेलाडीलाई विदाईका लागि पर्यटन व्यवसायी सोम थापा, दिपक अधिकारी र नरेश भट्टराईले व्यवस्था मिलाएका थिए ।

कमेन्टहरु
Loading...