दयाशङ्कर पत्रकारिता सम्मान रवीनद्र बास्तोलालाई

पोखरा, ७ साउन / प्रजातन्त्र सेनानी दयाशङ्कर पालिखे स्मृति पत्रकारिता सम्मान २०७५ बाट पत्रकार रवीन्द्र बास्तोलालाई सम्मान गरिने भएको छ ।

नेपाल पत्रकार महासङ्घ कास्की शाखाद्वारा सञ्चालित तथा पालिखे परिवारद्धारा स्थापित सो पत्रकारिता सम्मानको राशी रु ५५ हजार ५५५, सम्मानपत्र तथा दोसल्ला छ । यसअघि रु ३३ हजार ३३३ पुरस्कार राशी रहेकोमा यसवर्षबाट बृद्धि गरिएको छ ।

पत्रकार महासङ्घ कास्की शाखाका पूर्वअध्यक्ष बास्तोलालाई विगत २३ वर्षदेखी पत्रकारितामा क्रियाशिल रही समाज रुपान्तरणमा योगदान पु¥याएबापत सोमबारको बैठकले सो सम्मान प्रदान गर्ने निर्णय गरेको महासङ्घका सचिव रामप्रसाद तिमिल्सिनाले बताए ।

वि.सं २०५४ मा आदर्शसमाज दैनिकबाट पत्रकारितामा प्रवेश गर्नुभएका उहाँ हाल हिमदुत दैनिकको सम्पादक रहनुभएको छ ।

अग्रज पत्रकार नारायण कार्की संयोजक तथा पुण्य पौडेल, कोमलनाथ बराल र महासङ्घका अध्यक्ष दीपेन्द्र श्रेष्ठ र सचिव तिमिल्सेना सदस्य रहेको प्रतिभा छनौट समितिले गरेको सिफारिसलाई कार्य समितिले अनुमोदन गरी पुरस्कार प्रदान गर्ने निर्णय गरेको महासङ्घले जनाएको छ ।

नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा साउन २१ गते सम्मान समारोह आयोजना गरी बास्तोलालाई सम्मान गरिने महासङ्घका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

कमेन्टहरु
Loading...