बुहुमतको सरकार हुदा विकास योजना प्रभावित – रविन्द्र अधिकारी (बजेट कहाँ कहाँ सहित)

पोखरा, ३१ असोज /नेकपा एमाले नेता रवीन्द्र अधिकारीले देश विकासका लागि बहुमतको सरकार आवश्यक रहेको बताएका छन् । संसदको विकास समितिका सभापति समेत रहेका अधिकारीले मंगलबार पोखरामा निर्वाचन क्षेत्र र पूर्वाधार विकास विशेष कार्यक्रमका कार्यक्रमहरु सार्वजनीक गर्दै बहुमतीय सरकार नभए सम्म विकासले गति लिन नसक्ने बताए ।

‘विकास समितिले चार वर्षमा विषयगत मन्त्रालय र सरकारलाई करिब १ सय ४० वटा र थप ६० वटा निर्देशन दिएको बताउँदै उनले भने, ‘ती मध्ये करिब ७० वटा मात्रै कार्यन्यन भएको छन् ।’ उनले कुनै योजनामा सरकारको नियत ठीक नभएर रोकिएको त कुनै योजना क्षमता नभएका काराण रोकिएको बताए । राष्ट्रिय गौरवका आयोजनाहरूले अहिले निरन्तरता पाएको भए पनि छिटो छिटो सरकार परिवर्तन हुँदा विषयगत मन्त्री फेरिने, मन्त्रीसँगै सचिव र सम्बद्ध निकायका अधिकारी परिवर्तनको नराम्रो अभ्यास विकासमा परेको बताए ।

उनले विकास समितिको सभापति भएपछि सुस्तरुपमा रहेका विकास आयोजनालाई गति दिनेका काम आफ्नो समितिले दिएको बताए ।  दुईपटक कास्कीबाट संसदमा विजयी भइसेकेका अधिकारी यसपटक कास्कीको क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ उम्मेदवारीका लागि सिफारिसमा परेका छन् । तर पनि उनलाई प्रदेश नम्बर चारको मुख्य मन्त्रीमा पनि चर्चा छ । उनले पत्रकार सम्मेलनमा पार्टीले प्रदेशमा उठाए पनि प्रतिनिधि सभामा उठाए पनि आफुलाई मान्य हुने बताए ।

निर्वाचन क्षेत्र विकास कार्यक्रम
२०७४।०७५
साविक क्षेत्र नं. ३ कास्की

क्र.सं. योजनाको नाम पोले मनपा
वडा नं. विषय विनियोजित रकम
ढुङ्गेसाघु बृद्धाआश्रम निमार्ण १०,००,०००।००
सुनौलो मार्ग निर्माण समिति बाटो ३,००,०००।००
धारापानी मार्ग ढलान बाटो बाटो ३,००,०००।००
गौरीघाट पार्क वातावरण २,००,०००।००
गहते पार्क (सुगम मार्ग) वातावरण ३,००,०००।००
सिलाई कटाई महिला तालिम क्षमता अभिवृद्धि ३,५०,०००।००
शुभकामना समाज घर निर्माण भवन ३,००, ०००।००
विरुवाटोल आदर्श मार्ग १७ खानेपानी २,००,०००।००
लामा टुडा मार्ग, बेलघारी १७ सडक ३,००,०००।००
१० पाखुरीडाँडा जलदेवी मोटरबाटो २१(पोउमनपा२३) सडक ३,००,०००।००
११ भविष्य निर्माण विद्यालय जाने बाटो २१(पोउमनपा२४) सडक ३,००,०००।००
१२ मालागिरी सिढी मार्ग ३३(ले.न.पा. १६) पर्यटन ४,००,०००।००
१३ खैरेनी टोल बिकास संस्था ३३(ले.न.पा. १७) भबन ३,००,०००।००
१४ सिद्ध मन्दिर निर्माण,सिगारेवास ३३(ले.न.पा. १८) पर्यटन ३,७५,०००।००
१५ कार्यालय प्रशासनिक खर्च ७५,०००।००
जम्मा ५०,००, ०००।००

निर्वाचन क्षेत्र पूर्वाधार विकास विशेष कार्यक्रम
२०७४।०७५
साविक क्षेत्र नं. ३ कास्की

क्र.सं. योजनाको नाम पो.ले.म.न.पा. वडा नं. विषय बिनियोजित रकम रू.
गाई गौंडा पुलचोक मोटरबाटो निर्माण ३३ (ले.न.पा. १७) मोटरबाटो ४०,००,०००।–
बुढानिलकण्ठ मन्दिर संरक्षण संस्कृति १०,००,०००।–
मनकामना मन्दिर बाटो निर्माण वातावरण २०,००,०००।–
सार्वजनिक शौचालय निर्माण बाराहीचोक वातावरण १०,००,०००।–
खानेपानी ट्याङ्की निर्माण खानेपानी १०,००,०००।–
उर्जामार्ग सडक तथा नाली निर्माण बाटो १५,००,०००।–
शान्तिदर्शन मार्ग स्ल्याप कलभट निर्माण बाटो १०,००,०००।–
शिव–बुद्ध मार्ग निर्माण १७ बाटो १०,००,०००।–
सिमलटुंडा बाटो निर्माण १७ बाटो १०,००,०००।–
१० लेवाड कात्तिके पानी बाटो निर्माण २१ (पोउमनपा२३) बाटो १०,००,०००।–
११ झ्याउरीखेती चापाको रुख मोटरबाटो २१ (पोउमनपा२३) बाटो १०,००,०००।–
१२ लिकुरे सल्लेरी एकहाते मोटरबाटो २१(पोउमनपा२४) बाटो १०,००,०००।–
१३ ठूला पाखा बाटो ३३ (ले.न.पा. १६) बाटो १०,००,०००।–
१४ वरपौवा सामुदायिक भवन निर्माण ३३ (ले.न.पा. १८) भवन १०,००,०००।–
१५ शिशुकल्याण मावि कम्पाउण्ड निर्माण ३३ (ले.न.पा. १७) भवन १०,००,०००।–
१६ पोखरा थियटर हल निर्माण भवन १०,००,०००।–
१७ बाँझि पोखरी निर्माण २१(पोउमनपा२३) पोखरी १०,००,०००।–
१८ जिब्रेढुंगा आमा समूह भवन निर्माण (होम स्टे) ३३ (ले.न.पा. १८) पर्यटन १०,००,०००।–
१९ शिवालय थाप्ले तिलाहर ग्रामिण सडक २१(पोउमनपा२३) बाटो १०,००,०००।–
२० फेवा पावर हाउस नहरमाथि जाली राख्ने १७ वातावरण १५,००,०००।–
२१ काल्छेखोला खानेपानी २१(पोउमनपा२४) खानेपानी १०,००,०००।–
२२ भयरथान मार्ग निर्माण १७ बाटो १०,००,०००।–
२३ प्रगती मोटरमार्ग निर्माण २१(पोउमनपा२४) बाटो १०,००,०००।–
२४ कुहिने यज्ञशाला निर्माण १७ भवन १०,००,०००।–
२५ तल्लो खैरेनी, भँयरगुफा मोटरबाटो निर्माण ३३ (ले.न.पा. १७) बाटो १०,००,०००।–
जम्मा ३,००,००,०००।–

कमेन्टहरु
Loading...