वाइडबडी जहाज खरिदमा संलङनता छैन– मन्त्री अधिकारी

पोखरा, १० मंसिर / संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्री रवीन्द्र अधिकारीले वाइडबडी जहाज खरिद प्रकृयामा आफ्नो कुनै संलङनता नरहेको दावी गरेका छन् ।

स्थानीय तह पुर्वाधार विकास कार्यक्रमको विनियोजीत रकम पोखरा आज सार्वजनीक गदै उनले आफ्नो कुनै संलग्ना नरहेको बताए । वाइडबडी जहाज खरिद प्रकृयामै त्रुटिपुर्ण रहेको हुदाँ म माथी धेरै संका नगर्न समेत आग्रह गरे ।

मन्त्री अधिकारीले अघिल्लो सरकारको पालामा सम्पुर्ण प्रकृया भएको बताए । उनले आफ्नो पालामा जहाज मात्रै आएको बताए । उनले वाइडबडी जहाज भाडामा नभई किनेरै ल्याएको जहाज भएको समेत दावी गरे ।

वाइडबडी जहाजका बारेमा धेरै टिका टिप्पणी भएका छन, छानबीन प्रकृया पनि अगाडी बढेको छ, छानबिन पछि सवै कुरा बाहिर आउने छ । छानबिन टोलीलाई सहयोग गर्ने आफु तयार रहेको बताए ।

उनले वाइडबडी जहाज प्रकृयाको दोषीलाई कारवाही हुनु पर्ने समेत बताए । उनले कास्की क्षेत्र नम्मर २ मा ४ करोड रुपैयाँलाई सडक, पुल खानेपानी लगाएत १७ वटा आयोजनामा १० लाख देखि ५० लाख सम्म वजेट छुट्याएका छन् ।

पोखरा महानगर पालीकाको सिर्जना चोकमा आकासे पुल निर्माणका लागि ५० लाख रुपैयाँ छुट्याएको उनले बताए ।

कमेन्टहरु
Loading...