पर्यटन मन्त्री रवीन्द्र अधिकारीको शवयात्रा सहित अन्त्येष्टि

पोखरा, १७ फागुन /ताप्लेजुङमा बुधबार हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको पोखराको शुक्रबार सेती नदी किनाराको रामघाटमा अन्येष्टि गरिएको छ । मन्त्री अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो ।

पार्थिव शरीरका श्रीमती विद्या भट्राई, छोराहरु विराज र स्वराज अधिकारीले दागवत्ति दिए । शवयात्रा हुनु अघि मन्त्री अधिकारीको पार्थिव शरिरमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रिय झण्डा ओढाएका थिए ।

पर्यटन मन्त्री रवीन्द्र अधिकारीको शवयात्रा सहित अन्त्येष्टि
पर्यटन मन्त्री रवीन्द्र अधिकारीको शवयात्रा सहित अन्त्येष्टि तस्बिरः सञ्जय शाक्य 

नेकपाका नेता बामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको झयडा ओढाएका थिए । यस अघि पोखराको प्रदर्शनी केन्द्रमा हजारौं पोखरेलीले मन्त्री अधिकारीलाई श्रद्धाञ्जली दिएका थिए ।

शवयात्रामा हजारौं पोखरेलीको मानवसागर सेती नदी किनार सम्म पुगेर नेता अधिकारीको अन्तिम विदाई गरेका थिए । श्रद्धाञ्जली दिन पुगेको युवायुवती, वृद्ध सबैको आँखा रसाएका थिए ।

तस्बिरः सञ्जय शाक्य

https://www.facebook.com/MyGanthan/videos/2300922676831547/

हेलिकोप्टर दुर्घटना हुदाँ–मन्त्री रवीन्द्र अधिकारी सहित ७ जनाको निधन

मन्त्री रवीन्द्र अधिकारीको काजकिरिया ७ दिनमै

र रवीन्द्र अधिकारी यसरी अस्ताए (फोटो फिचर)

कमेन्टहरु
Loading...