पर्यटनमन्त्री अधिकारीलाई कालोझण्डा देखाउने ४ जना पक्राउ

पोखरा, १० मंसिर/ संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्री रवीन्द्र अधिकारीलाई गृहजिल्ला पोखरामा कालोझण्डा देखाएका छन् ।

उनलाई नयाँ शक्तिका विद्यार्थी नेताहरुले पोखराको सृजना चोकमा कालो झण्डा देखाएका हुन् । कालो झण्डा देखाएको आरोपमा पोखराबाट ४ जना विद्यार्थी नेता पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी ओम रानाले कालो झण्डा देखाएको आरोपमा ४ जना पक्राउ परेको बताए ।

उनीहरुले वाइडबडी जहाज खरिद सम्बन्धी विवादको सत्य, तथ्य छानबिनको माग गर्दै कालो झण्डा देखाएका हुन् ।

कमेन्टहरु
Loading...