मन्त्री रबीन्द्र अधिकारीको अन्त्यष्टी पोखरामै हुने (यस्तो छ कार्यक्रम)

पोखरा, १६ फागुन /हेलिकोप्टर दुर्घटनामा परी मृत्यु भएका सस्कृती, पर्यटन तथा नागरीक उड्डनमन्त्री रवीन्द्र अधिकारीको अन्त्यष्टी पोखरा मै गरिने भएको छ । पारिवारिक श्रोतले दिएको जानकारी अनुसार उनको अन्त्यष्टी शुक्रबार पोखरामै गर्न लागिएको हो । उनको शव काठमाण्डौं आएपछि टिचिङ अस्पतालमा पोष्टमार्टम गरिनेछ ।

त्यसपछि नेकपाको केन्द्रीय कार्यालयमा पार्टीको झण्डा ओढाउने कार्यक्रम छ । गृहमन्त्रालयले निर्णय गरेपछि काठमाण्डौंमा श्रद्धाञ्जलीका लागि राखिनेछ । पार्टी कार्यालयमा केहीबेर श्रद्धाञ्जलीका लागि राखिने र त्यसपछि खुला मञ्चमा सम्मानका लागि लगिनेछ । सरकारले अधिकारीलाई राजकीय सम्मानका साथ अन्त्यष्टी गर्ने मन्त्रीपरिषद्ले निर्णय गरेको छ ।

सकेसम्म आजै (बिहीबार) नभए भोलि (शुक्रबार) विहान अधिकारीको शव पोखरा ल्याउने तयारी भैरहेको छ । पोखरामा शव ल्याएपछि अन्तिम श्रद्धाञ्जलीका लागि प्रदर्शनी केन्द्रमा श्रद्धाञ्जलीका लागि राखिने पारिवारिक श्रोतले जनाएको छ । उनको अन्त्यष्टी पोखराको रामघाटमा गरिनेछ ।

कमेन्टहरु
Loading...