पोखरा उद्योग बाणिज्य संघको चुनाब आज, कसले बाजी मार्ला ?

पोखरा, ६ असोज / पोखरा उद्योग बाणिज्य संघको ३२ औं अधिवेशन जारी छ । शुक्रबार देखी शुरु भएको

अधिवेशन अन्तरगत आज चुनाब हुदैछ । यो चुनाबबाट २ बर्षका लागि नयाँ कार्यसमिति चयन हुनेछ । निर्वाचन

विहान ८ बजे देखी दिऊसो ४ बजे सम्म सञ्चालन हुनेछ ।

यो बर्षको चुनाव दुई पार्टी बीचको प्रतिश्पर्धाको रुपमा हेरिएको छ । हालका बरिष्ठ उपाध्यक्ष रवीन्द्रबहादुर प्रजु र

महासचिव दामु अधिकारी बीच नेतृत्वमा प्रतिश्पर्धा हुन लागेको छ । प्रजुले काँग्रेस निकट ब्यवसायीको नेतृत्व

गरेका छन् भने अधिकारीले नेकपा निकटको ।

प्रजु प्यानलबाट बरिष्ठ उपाध्यक्षमा नारायण कोइराला, बाणिज्य तर्फको उपाध्यक्षमा पवन प्रजापति,

उद्योगतर्फको उपाध्यक्षमा विन्दु कोइराला सुवेदी, महासचिवमा अर्जुन पोख्रेल, कोषाध्यक्षमा सुरेन्द्रमान

बिजुक्छे र उपमहासचिवमा चिनु गुरुङ प्रतिश्पर्धामा छन् ।

अधिकारी प्यानलबाट बरिष्ठ उपाध्यक्षमा यदु अधिकारी, बाणिज्य उपाध्यक्षमा यामनाथ पौडेल, उद्योग

उपाध्यक्षमा गीता तिवारी, महासचिवमा किसान सुनार, कोषाध्यक्षमा प्रेम भुजेल र उपमहासचिवमा सीता बराल

प्रतिश्पर्धी हुन् ।

प्रजु प्यानलबाट खुला सदस्यमा बलराम बराल, केशवबहादुर खत्री, दिनेशचन्द्र बास्तोला, कुमारी मुना बास्तोला,

कीर्तिवल्लभ त्रिपाठी, बुद्धिबहादुर गहतराज, ऋषिराम भण्डारी र रामेश्वर अधिकारी छन् । दामु प्यानलबाट

सदस्यमा नारायण पौडेल, डिबी भुजेल, पवित्रा गुरुब, तेजेन्द्र पौडेल, सोवित पौडेल, नगेन्द्र सुवेदी, नगेन्द्र

पोखरेल, चन्द्रा शर्मा, उमराज बास्तोला र रुद्र लुइँटेल छन् ।

वस्तुगततर्फ ४ सदस्यका लागि ८ जना उम्मेदवार छन् । प्रजु प्यानलबाट हरिराज पन्त, शिवराज बास्तोला,

रञ्जन बुद्धाचार्य र राजेशनाथ गुप्ता चुनावी मैदानमा छन् भने अधिकारी प्यानलबाट दामु प्यानलबाट

वस्तुगततर्फ ज्ञानबहादुर नेपाली, श्रीप्रसाद घले, चिन्तामणि बास्तोला र तारानाथ ढुंगाना प्रतिस्पर्धामा छन् ।

कर्पोरेटतर्फ २ पदका लागि चुनाव हुनेछ । यसमा ४ जना प्रतिस्पर्धी छन् । प्रजुको प्यानलमा हर्क अधिकारी र

हरिहर सापकोटा छन् भने अधिकारी प्यानलका कमलबहादुर बस्नेत र घनश्याम शर्मा उम्मेदवार बनेका छन् ।

उद्योगतर्फ १ सदस्यको लागि हीरामणि पण्डित र सुरेशबहादुर श्रेष्ठ प्रतिश्पर्धामा छन् ।

व्यापार संघका रुपमा २०११ सालमै खुलेर पोखराकै विकासमा महत्वपूर्ण योगदान गरेको संस्था देशभरीमै

अब्बल मानिन्छ । पोखराकै अगुवाईमा नेपाल उद्योग बाणिज्य महासंघ स्थापना भएको थियो । खासगरी

पोखराको सडक, खानेपानी, शिक्षा, स्वास्थ्य र पछिल्लो समय पोखरा अन्तराष्ट्रिय विमानस्थलमा पोखरा

उद्योग बाणिज्य संघको भूमिका सम्झन लायक छ ।

कमेन्टहरु
Loading...