पोखरा उद्योग वाणिज्य संघको चुनाव समिकरण फेरीयो, काँग्रेस–कम्युनिष्ट प्यानल

पोखरा, ३ भदौ / पोखरा उद्योग बाणिज्य संघको चुनाव असोज ६ र ७ गतेका पोखरामा हुदैछ । चुनावी मिति तोकिएपछि व्यावसायीहरुलाई चुनावी रनक

चढेको छ । यो चुनावमा पनि राजनीतिक रुपमा प्यानल बन्ने सम्भावना अगाडी बढेको छ । यसअघि सहमतिमा नेतृत्व छान्ने तयारी भएपनि पछिल्लो

समय सहमति भन्दा प्यानलमै चुनावी प्रतिश्पर्धामा व्यावसयीहरु लाग्ने देखिएको छ ।

काँग्रेस तर्फबाट रवीनसन प्रजुलाई अध्यक्षमा अघि सार्ने भएको छ । उनी हालका बरिष्ठ उपाध्यक्ष हुन् । यसअघि नारायण कोइरालालाई अध्यक्षमा लैजान

तयारी गरिएपनि प्यानल मिलाउन कोइराला बरिष्ठ उपाध्यक्षमा लैजाने तयारी भएको छ ।

महासचिवमा हालका उपमहासचिव अर्जुन पोख्रेल, उद्योग तर्फको उपाध्यक्षमा गोकर्ण कार्कीलाई दोहो¥याउने र बाणिज्य तर्फको उपाध्यक्षमा हालका

कोषाध्यक्ष पवन प्रजापति, कोषाध्यक्षमा सुरेन्द्र विजुक्छे तथा उपमहासचिवमा चिनु गुरुङलाई उठ्ने चर्चा छ ।

यता कम्युनिष्टको तर्फबाट हालका महासचिव दामु अधिकारी अध्यक्षको उम्मेदवार बन्ने लगभग पक्कापक्की भैसकेको छ । उनले पनि प्यालन बनाएर

चुनावमा होमिने तयारी गरेका छन् । कम्युनिष्ट प्यानलको महासचिवमा किसान सुनार, उप महासचिवमा सिता बरालको नाम अघि आएको छ । यो

समुहमा साविकको एकिकृत माओबादी पक्षबाट एक जना पदाधिकारी र तीन जना सदस्य ल्याउने गरी तयारी छ । दुई बर्षे कार्यकालका लागि २४

पदमा चुनाव हुन्छ । ४ सदस्य अध्यक्षले मनोनयन गर्नेछन् भने निवर्तमान अध्यक्षसहित २९ जनाको पूर्ण समिति तयार हुन्छ । पोखरा उद्योग वाणिज्य

संघमा करिब ३३ सय मतदाता रहेका छन् ।

कमेन्टहरु
Loading...