रवि लामिछाने सहित तीनै जनालाई म्याद थपको तयारी, विरोध जारी

फाइल तस्बिर
चितवन, ३ भदौ / टेलिभिजन प्रस्तोता रवि लामिछाने सहित पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई मंगलबार म्याद थपका लागि चितवन जिज्ला अदालत लगिँदैछ ।

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन अभियोगमा अनुसन्धान लागि पक्राउ परेका उनलाई म्याद थपका लागि अदालत लैजाने तयारी भएको हो ।

यसअघि अनुसनधानका लागि जिल्ला अदालत चितवनले पाँच दिनको म्याद दिएको थियो । तर अनुसन्धानका लागि अझै समय आवश्यक भएकोले म्याद थपका लागि तीनै जनालाई अदालत लगिने चितवन प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले जानकारी दिए ।

प्रहरीले पक्राउ गरेका तीनै जनासँग प्रारम्भिक बयान सकिए पनि थप अनुसन्धान आवश्यक भएका कारण म्याद थप गर्न लैजाने एसपी मल्लले बताए ।

आत्महत्या अघि पत्रकार पुडासैनीले रेकर्ड गरेको भिडियामा आफू रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीका कारण मर्न बाध्य भएको बताएका छन् । सोही भिडियोका आधारमा प्रहरीले पक्राउ परेका तीनै जनालाई पक्राउ गरेको थियो ।

चिवनमा रवि लामिछानेका समर्थकहरुले प्रर्दशनलाई जारी राखेको छ । प्रहरीले सात जनालाई पक्राउ समेत गरेको छ ।

कमेन्टहरु
Loading...