पुष्पा मृत्यु प्रकरणः २५ जनालाई सोधपुछ, शव अस्पतालमा, धर्ना र जुलुस

सागर राज तिमिल्सना

पोखरा, १२ भदौ /पोखरा १९ लामाचौरकी एक बालिकाको मृत्यु अझैको रहस्य अझै खुल्न सकेको छैन । पोखरा

महानगरपालिका वडा नम्बर १९ लामाचौरकी १३ वर्षीया पुष्पा केसीको बिहीबार रहस्यमय मृत्यु भएको थियो ।

बिहीबार साझँ देखी बेपत्ता भएकी केसीको शुक्रबार साँझ शव भेटिएको थियो । उनको शव लामाचौर फापरतरो

स्थित शैलजा स्मृति पार्कको डिलमुनी झाँडीमा भेटिएको थियो। कास्की प्रहरीले घटनाको छानविनका लागि २५

भन्दा बढिलाई सोधपुच्छ गरेको छ । कास्कीका प्रहरी प्रवक्ता रविन्द्र गुरुङले १२ जनालाई लिखित र १३ जना सगँ

मौखिक सोधपुच्छ गरेको बताए । घटनाका सम्बन्धमा अनुसन्धान र थपलाई अनुसन्धानका घेरामा ल्याएर छानविन

भइरहेको उनको भनाई थियो ।

पुष्पाको शव भएको स्थानबाट करिब १ मिटर पर स्कर्ट र बेल्ट भेटिएकाले बलत्कार प्रयास पछि हत्या गरेको हुन

सक्ने पुष्पाका काका ध्रुर्व केसीले बताए । शनिबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान भएको पोष्टमार्टबाट पुष्पाको

टाउकोमा रगत जमेको, देब्रे छाती, फोक्सोमा चोट लागेको र देब्रे खुट्टाको कुर्कुचा भाचिएको देखीको थियो ।

पोष्टमार्टको पुर्ण विवरण सोमबार आएको थियो भने अझै थप अनुसन्धानका लागि काठमाडौ पठाएको प्रहरीले

जानकारी दिएको छ । पोष्टमार्टको रिपोर्टबाट पुष्पाको मृत्यु चोटपटकबाट भएको देखिएको प्रहरीको भनाई थियो ।

पुष्पा केसी
पुष्पा केसी

उनले पुष्पाको शरिरमा बाहिरी चोट पटक नदेखिए पनि पोष्टमार्टमका क्रममा शरिर भित्र चोट देखीएको थियो ।

पोष्टमार्टमामा बलत्कार गरेको नदिएको अस्पतालको भनाई छ । विन्ध्यवासीनि माविमा कक्षा ६ मा अध्ययनरत

पुष्पा बिहीबार साढे ५ बजे विद्यालयको बसबाट घर भन्दा करिब २ सय मिटर तल तरकारी किन्न भन्दै झरेकी

थिइन् ।

साझँ सम्म घरमा नआए पछि बिहीबार साँझबाटै परिवार र स्थानीयले उनको खोजी गरेका थिए । उनको झोला

भने केही पर चौतारोमा भएटिएको थियो । पुष्पाका बुबा नृतेन्द्र केसी गण्डकी बोर्डिङ स्कुल लामाचौर

सुरक्षागार्डको काम गर्दै आएका छन् । उनी नेपाल प्रहरीका भूतपूव हवल्दार हुन् । विद्यालयले घटना दुःखद

भएको भन्दै घटनाको सत्य, तथ्य यथाशिघ्र छानबिन गरी वास्तविकता पत्ता लगाउने माग गरेका छन् ।

शव अस्पतालमा

परिवारले पुष्पाको शव बुझेका छैनन् । उनीहरुले पुष्पाको मृत्यु निष्पक्ष छानबिन नभए सम्म शव नबुझेने बताएका

छन् । उनको शव पोष्टमार्ट पछि पोखरा स्वास्थ्य विज्ञान प्रतिस्ठानमा छ । स्थानीयले पुष्पा मृत्युको निष्पक्ष छानबिन

गर्दै सोमबार जिल्ला प्रहरी कार्यालयमा धर्ना दिएका छन् भने मंगलबार विभिन्न विद्यालयका विद्यार्थीले घटनाको

छानविन गर्न माग गर्दै विरोध ¥याली प्रर्दशन गरेका छन् ।

कमेन्टहरु
Loading...