पोखरा लामाचौरमा एक बालिकाको रहस्यमय मृत्यु

सागर राज तिमिल्सना
पोखरा, ९ भदौ / पोखरा १९ लामाचौरकी एक बालिकाको मृत्यु रहस्यमय बनेको छ । विन्ध्यवासीनि मावि

बटुलेचौरमा कक्षा ६ मा अध्ययनरत बालिका शुक्रबार साँझ मृत फेला परेकी थिइन् । १३ बर्षिया पुष्पा केसीले

बिहीबार विद्यालयबाट फर्किए देखी नै हराएकी थिइन् । विद्यालयको बसले करिब साढे ५ बजे छाडेपछि उनी घर

नपुगे पछि बिहीबार साँझबाटै परिवार र स्थानीयले उनको खोजी गरेका थिए । उनको खोजी गर्ने क्रममा शुक्रबार

साँझ मृत अवस्थामा फेला परेकी छन् । पोखरा १९ फापरतरोमा केसी सव भेटिएको प्रहरीले जानकारी दिएको छ

। उनको घर पोखरा १९ जिमेरे देखी करिब साढे दुई किलोमिटर पर सव भेटिएको हो । उनको झोला भने पोखरा

१९ ढाडमा घर देखी करिब १ किलोमिटर पर भेटिएको थियो । उनको बलत्कार पछि हत्या भएको हुन सक्ने

स्थानीयले बताएका छन् । उनका सब झारले छोपेको अवस्थामा भेटिएको थियो । उनको जामा र विद्यालयको

बेल्ट फुकालीएको अवस्थापामा सब भेटिएको थियो ।

विद्यालयले जारी गरेको विज्ञप्ती

यस विन्ध्यवासिनी मा.वि. पोखरा – १६, बाटुलेचौरमा अध्ययनरत कक्षा ६ की छात्रा वर्ष १३ की पुष्पा के.सी. २०७५

साल भाद्र ७ गते विहिबार विद्यालयको पढाई सकेर स्कुल बसबाट घर जाने क्रममा घर भन्दा करिब १०० मिटर वर

(४, ५ घर तलपट्टी) तरकारी किन्नु छ भन्दै बसबाट झर्ने क्रममा झोला राख भन्दा तरकारी हाल्नु पर्छ भनि झोला

सहित झर्ने अनुमति मागेकाले सो स्थानमा झर्न दिइएको र घर आउने ठाँउमा निजको बहिनी झरेको तर पुष्पा

के.सी. भने त्यसपछि घर नगई परिवारको सम्पर्कबाट बाहिर रहेको अवस्थामा मिति २०७५ साल भाद्र ८ गते

शुक्रबार पोखरा – १९, शैलजा स्मृति पार्कको पछाडिको भीर मुनी शव फेला परेको घटनाले हामी स्तब्ध भएका छौं

। यस दुःखद घटनाले हाम्रो विद्यालयले एक असल, ईमान्दार र अनुशासित विद्यार्थी गुमाउनु परेको छ । यस

असामयीक, अकल्पनीय घटनाले घर परिवार, समाज र यस विद्यालयलाई अपूरणीय क्षति पुगेको छ । उक्त

घटनाप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । यस घटनाको सत्य, तथ्य यथाशिघ्र छानबिन गरी वास्तविकता

पत्ता लगाई दोषी उपर कडा कार्वाहीको जोडदार माग गर्दछौं ।

कृष्ण प्रसाद आचार्य

प्रधानाध्यापक

कमेन्टहरु
Loading...