प्रदेश र केन्द्रको चुनाव एकैचोटीः दाहाल

पोखरा, २२ साउन /नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रदेश र केन्द्रको चुनाव मंसिर पहिलो साताभित्रै गर्ने गरी तयारी सरकारले थाल्न सुझाब दिएका छन् । प्रेस सेन्टर प्रदेश न ४ ले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनलाई आइतबार सम्बोधन गर्दै उनले संविधानको कार्यान्यनका लागि निर्वाचन आवश्यक भएको बताए ।

‘चुनावी प्रक्रिया महँगो हुन थालेको हुँदा दुवै चुनाव एकैचोटि गर्ने र संविधान कार्यान्वयन गरेर आर्थिक समृद्धि अनि सामाजिक न्यायको बाटोमा जानुपर्छ, उनले बताए । उनले भने, ‘कम्तीमा संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र समानुपातिक समावेशीको मुद्दा मिल्नेसँग सहकार्य गर्नुपर्छ भन्नेमा हाम्रो पार्टी छ ।

उनले भरतपुर महानगरपालिकामा आफ्नी छोरी रेणु दाहालले जित्ने गरी आएको निर्वाचन परिणामलाई सहज रुपमा लिन आग्रह गरे । उनले भने, ‘केपी ओलीजीले नै सहज रुपमा लिन सबैलाई आग्रह गर्नुभएको सुनें, खुसी लाग्यो, म उहाँलाई धन्यवाद दिन्छु ।

भरतपुरको निर्वाचनबारे आएका टिकाटिप्पणीप्रति संकेत गर्दै दाहालले भने, ‘को कोले के के भने त्यतातिर नजाऊँ ।ु दाहाल आइतबार पार्टीको प्रदेश नम्बर ४ का केन्द्रीय सदस्यहरुको बैठकमा सहभागी भएका छन् । उक्त बैठकले यो प्रदेशका केन्द्रीय सदस्यहरुको संख्या घटाउँदैछ ।

कमेन्टहरु
Loading...