नेपालका एक सय पर्यटकीय गन्तव्यमा परेपछि पोखराको पुम्दीकोटबासीमा उत्साह

पोखरा, २८ कात्तिक/ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन प्रवद्र्धन र विकासका लागि नेपालका एक सय पर्यटकीय गन्तव्य घोषणा गरेको छ ।

त्यसैमा परेको पोखरा महानगरपालिका–२२ पुम्दीकोट स्थापित तथा प्रवद्र्धन गरिनुपर्ने गन्तव्यमा सूचीकृत गरेसँगै त्यसलाई पर्यटकीय तथा धार्मिक क्षेत्र बनाउन कसिएकाहरु उत्साही भएका छन् ।

पर्यटकीय गन्तव्य बनाउन पुम्दीकोटमा शिव भगवानको १ सय ८ फिट अग्लो मूर्तिसहितका संरचना बनाउन थालिएको छ । पुम्दीकोटबाट  पोखरा उपत्यका सहित हिमाली शृङ्खला अवलोकन गर्न सकिन्छ ।

पुम्दीकोटको सम्भावनालाई उजागर गर्न संरचना निर्माण गर्न लागिएको सो अभियानका संयोजक एवं पुम्दीकोट विशाल महादेव मूर्ति निर्माण तथा पर्यटन प्रवद्र्धन समितिका अध्यक्ष चन्द्रकान्त बरालले बताए ।

पोखराको मुख्य बजारक्षेत्रबाट झण्डै १३ किमि दक्षिण पश्चिममा पुम्दीकोट पर्दछ । २०७३ फागुनमा महा शिवपुराण लगाउँदा ६ करोड १८ लाखसहित २० रोपनी जग्गा दान प्राप्त भएको थियो ।

गुरुयोजना तयार गरेर पर्यटकीय तथा धार्मिक गन्तव्य बनाउन लागेका समितिका सहसचिव प्रकाश बरालले बताए । उनले गुरुयोजनाअनुसार सबै काम सम्पन्न गर्न ४० करोड रुपैया लाग्ने अनुमान छ ।

मूर्तिको वरिपरि १०८ शिवलिङ्ग निर्माण गरिनेछ । परिसरमा १०८ स्वर्गद्वारी सिँढी, रुङ्गाटा बैकुण्ठ हल, गुरु महाराज आश्रम, हरियाली बगैँचा, शान्तिस्तम्भ, ज्येष्ठ नागरिक मिलन केन्द्र, पार्किङस्थल लगायत संरचना निर्माण गरिनेछ ।

पुम्दीकोटबाट फेवातालसहित पोखरा, अन्नपूर्ण, माछापुच्छे लगायतका हिमशृङ्खला एकसाथ देख्न सकिन्छ । प्रकृतिको अनुपम दृश्य  देख्न सकिन्छ ।

समुन्द्र सतहदेखि झण्डै १ हजार ५ सय मिटरको उचाइमा रहेको पुम्दीकोटमा दृश्यावलोकनका लागि शान्ति तथा पुनःनिर्माण मन्त्रालयको सहयोगमा भ्यूटावर निर्माण गरिएको छ ।

कमेन्टहरु
Loading...