समाधानका लागि सहमति आवश्यक प्रधानमन्त्री ओली

सागर राज तिमिल्सिना
पोखरा, ८ बैशाख/प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यमान समस्या समाधानका लागि आपसी सहमति र सहकार्यका लागि सरकार तयार रहेको बताएका छन् । पोखरा विश्वविद्यालयको बुधबार सम्पन्न १४ औं दीक्षान्त समारोहमा कुलपतिको हैशियतमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले त्यस्तो बताए ।


pu dhichantaउनले नयाँ संविधान जारीपछि सबै तह र तप्काका समस्या समाधानको लागि सम्बोधन भएको उल्लेख गर्दै कार्यान्वयन तहमा आइसकेपछि सहज हुने उल्लेख गरे । शिक्षा भ्रष्टाचार रहित, अनुशासित र मार्यादित हुनुपर्नेमा जोड दिदै उनले दीक्षित विद्यार्थीहरूले समाज र राष्ट्रका लागि योगदान गर्नुपर्ने बताए । साथै उनले आगामी २ दशकभित्र सम्पूर्णलाई उच्चशिक्षाको ढोकासम्म पु¥याउन सरकार लागिपरेको बताए ।

शिक्षा नै देश विकासको मुलआधार भएको उनको भनाइ छ । समयसापेक्ष गुणस्तरीय शिक्षा वर्तमानको आवश्यकता भएको बताउँदै राष्ट्रिय समृद्धि र विकासका लागि शिक्षाको विकास अपरिहार्य भएको उनले बताए । उनले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल शिलान्याससँगै यो वर्ष विकास निर्माणको वर्ष सुरु भएको उल्लेख गरे । भैरहवामा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलको लागि धावनमार्गको लागि थप जग्गा दिने विषयमा सहमति जुटिसकेको पनि जानकारी दिँदै पोखरामा पनि आगामी दिनमा आवश्यकताअनुसार स्थानीयबासी पनि जग्गा दिने विषयमा सहमतिमा आउनुपर्ने बताए ।

पोखरा विश्वविद्यालयले अघि सारेका रणनीतिक योजना र लक्ष्यहरूलाई नयाँ परिस्थितिमा अझ बढी परिष्कृत र व्यवहारिक तुल्याउने तर्फ सरकारले सहयोग गर्ने उनले बताए । देश विभिन्न संघर्षका चरण पार गरी अनुकुलतामा आएको उल्लेख गर्दै प्रधानमन्त्रीले बाँकी असन्तुष्टि पनि संवादका माध्यमबाट समाधान गरिने बताए ।

समारोहका प्रमुख अतिथि राष्ट्रकवि माधवप्रसाद घिमिरेले विश्वविद्यालयको विस्तार सँगै दक्ष जनशक्ति उत्पादन भैरहे पनि देशमा रहेको अपार प्राकृतिक स्रोतको उपयोग हुन नसकेको बताए । आध्यात्मिकता र भौतिकता दुबैको सन्तुलित विकासका माध्यमबाट समग्र मानव जातीको विकास हुने बताउँदै उनले नेपालको समृद्धिका लागि विद्यमान जल सम्पदा, वनसम्पदा आदिको संरक्षणका साथै पर्यटन र जलविद्युत जस्ता सम्भावनाको विकास गरिनुपर्ने बताए ।

विश्वविद्यालयका सहकुलपति रहेका शिक्षामन्त्री गिरीराजमणि पोखरेलले विश्वविद्यालयले समयसापेक्ष अनुसन्धानात्मक शिक्षामा जोड दिदै नियमित शैक्षिक क्यालेन्डरको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताए । व्यवहारिक र जीवनोपयोगि शिक्षा वर्तमानको आवश्यकता भएकोमा जोड दिदै उनले विश्विद्यालयले प्रविधियुक्त र सीपमुलक शिक्षाका माध्यमबाट राष्ट्रको समृद्धि र विकासका लागि योगदान गर्नुपर्ने बताए ।
विश्वविद्यालयका उपकुलपति प्रा.चिरञ्जीविप्रसाद शर्माले पोखरा विश्वविद्यालयलाई शैक्षिक एवं स्वस्थ र विकसित पर्यटनको विकास र प्रवर्धन गर्ने कार्यमा एक नेतृत्वदायी भूमिका खेल्ने शैक्षिक संस्थाका रुपमा विकास गर्ने सोच रहेको उल्लेख गरे ।

दीक्षान्त समारोहमा विभिन्न संकायबाट ४ हजार ४ सय ९३ जना विद्यार्थी दीक्षित भएका छन् । दीक्षान्त समारोहबाट १२ औं दीक्षान्त समारोह पश्चात २०७२ चैत मसान्तसम्म ट्रान्सक्रिप्ट लिएका विद्यार्थीलाई आज विश्वविद्यलायले दीक्षित गरेको हो । उक्त समारोहमा स्नातकतर्फ सबैभन्दा उच्च अंक प्राप्त गरी उपकुलपति पदक पाउनेमा व्यवस्पापन संकायका अनमोल पाण्डे र स्नातकोत्तर तहमा सबैभन्दा उच्च अंक प्राप्त गरी कुलपति पदक पाउनेमा व्यवस्थापन संकायका अरुणिमा श्रेष्ठ छन् ।

समारोहमा कम्प्युटर एप्लीकेशन स्नातक तहमा सबैभन्दा उत्कृष्ट अङ्क ल्याउने महेश श्रेष्ठलाई ओकेम स्वर्ण पदक व्यवस्थापन प्रशासन स्नातकोत्तर तहमा सर्वोत्कृष्ट भावना पराजुलीलाई प्रधानमन्त्री एवम् शिक्षा मन्त्रीले लक्ष्मी विद्या पदकद्धारा सम्मानित गरे ।

कमेन्टहरु
Loading...