पोखरा विश्वविद्यालयका पाँच हजार पाँच सय विद्याथी दिक्षित

शिक्षा विदेश जाने लाईसेन्स नबनोस–शिक्षामन्त्री पोखरेल

पोखरा, २० चैत/ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री तथा पोखरा विश्वविद्यालयका सह कुलपति गिरिराजमणि पोखरेलले अबको शिक्षा बिदेश जाने लाईसेन्स नबन्ने दावी गरेका छन् । अधिकांश शिक्षित युवापुस्ता विदेशिएको प्रति गम्भीर बन्दै शिक्षामन्त्री पोखरोलेले स्वदेशमै नै केही गरौं भन्ने सोचले उत्पादनशिल कार्यको नयाँ बाटो तर्फ उन्मुख हुनुपर्नेमा जोड दिए ।

‘शिक्षा मानव जातिको एउटा अनमोल सम्पति हो, आभुषण वा गहना हो ।’ पोखरा विश्व  विद्यालयको १६ औं दिक्षान्त समारोहमा बोल्दै उनले भने–‘ यो सैद्धान्तिक तथा व्यवहारिक ज्ञान तथा सिप सिक्ने तथा सिकाउने थलो भएकाले मानव जातिलाई सभ्य, दक्ष र ज्ञानी बनाउनु आजको आवश्यकता छ ।’

नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति एवं बरिष्ठ संस्कृतिविद् डा. जगमान गुरुङले विभिन्न संकालयका डीन लिष्टमा पर्न सफल चार सय दुई विद्यार्थीहरुलाई दिक्षीत गर्दै अहिलेको शिक्षा प्रणलीमा नैतिक शिक्षाको अभाव रहेकोले आदर्श र मर्यादापूर्ण विद्या आर्जनको सट्टा बन्द, हडताल र आन्दोलले प्रश्रय पाएकोमा दुः ख ब्यत्त गरे ।

शिक्षाले नै मानिसलाई ज्ञान प्राप्तीमा सहयोग पु¥याउने भन्दै उनले प्राज्ञिक ब्यक्तिहरु राष्ट्र निर्माणको अभियानमा सहयोगी भएर लाग्नुपर्नेमा जोड दिए । विश्वव्यापी रुपमा नै बजारमुखी बनेको शिक्षा प्रणालीलार्ई सरलीकृत बनाउनका लागि यान्त्रिकीकरण गरिनु पर्ने उनको भनाई थियो ।
पोखरा विश्वविद्यालयको बुधवार सम्पन्न सो¥हौं दीक्षान्त समारोहमा विभिन्न संकालयका पाँच हजार पाँच सय २८ विद्यार्थीहरु दिक्षित भएका छन् । पोखरा विश्वविद्यालयका आफ्ना चार वटा आङ्गिक महाविद्यालय, चार वटा संयुक्त आंगिक महाविद्यालय र ५८ वटा सम्बन्धन प्राप्त महाविद्यालयहरु मार्फत विभिन्न प्राविधिक एवम् साधारण विषयमा स्नातक, स्नातकोत्तर, एमफिल र विद्यावारिधि तहमा पठन पाठन हुदै आएको छ भने विश्वविद्यालयमा कुल ५६ वटा कार्यक्रमहरु संचालनमा रहेको छन् ।

२०७५ सालको ओसिम गोल्ड मेडलबाट कम्युटर एप्लिकेशन स्नातक तहमा सबैभन्दा बढि अंक ल्याउने नविन कुमार कलवारलाई सम्मान गरिएको थियो । स्नातकोत्तर तहमा सवैभन्दा उच्च अंक प्राप्त गर्न सफल बिज्ञान तथा प्रविधि संकायका शुशिल तिमिल्सिना र ब्यवस्थापन संकालयकी दिब्याज्योति पण्डितलाई कुलपति पदक र स्नातक तहको ब्यवस्थापन संकायका प्रनिसा घिसिङलाई उप कुलपति पदक प्रदान गरिएको थियो ।

त्यसैगरी यस वर्षको लक्ष्मी हाउस पोखराले स्थापना गरेको लक्ष्मी विद्या पदकबाट ब्यवस्थापन संकाय ब्यवसाय प्रशासनमा सि जि पि ए ४ ल्याउन सफल दिब्याज्योति पण्डित पुरस्कृत भएकी थिईन् ।

कमेन्टहरु
Loading...