पोखराको पृथ्वीचोक फेरि उस्तै साँघुरिने, राती भरी भत्काउने दिऊसो १० बुँदे सम्झौता

पोखरा, १० असोज /पोखरामा सवारी चाप बढे सर्गै पृथ्वीचोकमा लामो जाम हुन्छ । यातायात जामको अवरोधक आइल्याड प्रसासनले सोमबार राता रात हटायो । शहीद लखन थापाको शालिक रातारात हटाएपछि मगर लगायत जनजाति समुदायबाट भएको चौतर्फी बिरोधपछि सोही स्थानमा शालिक पुन निर्माण हुने भएको छ ।

नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद्, कास्कीका अध्यक्ष धर्म गुरुङको विशेष पहलमा भएको वार्ताबाट १० बुँदे सहमति भएको छ । जिल्ला प्रशासन कार्यालय कास्की, पोखरा लेखनाथ महानगरपालिका र नेपाल मगर संघ कास्कीबीच भएको त्रिपक्षीय सहमति अनुसार मगर संघ कास्कीका अध्यक्ष पूर्णबहादुर रानामगरको नेतृत्वमा शहीद लखन थापाको शालिक निर्माण तथा पुनस्थापना समिति गठन गरिएको छ ।

पोखराको पृथ्वीचोक फेरि उस्तै साँघुरिने, राती भरी भत्काउने दिऊसो १० बुँदे सम्झौता
पोखराको पृथ्वीचोक फेरि उस्तै साँघुरिने, राती भरी भत्काउने दिऊसो १० बुँदे सम्झौता

सहमति अनुसार मंगलबारदेखि निर्माण सुरु गरिने भएको छ । पहिलेकै ढाँचा र स्वरुपमा शालिक निर्माण गर्ने र लखनचोकको केन्द्र भागमै पुनस्र्थापना गर्ने, शालिकको सुरक्षा जिल्ला प्रशासनले गर्ने, शालिक पुनस्र्थापना गर्न लाग्ने सम्पूर्ण खर्च महानगरपालिकाले व्यहोर्ने सहमति पनि भएको छ ।

प्रशासनले रातारात शालिक रहेको आइल्याण्ड हटाउने कार्यले आमनागरिक र सर्वसाधारणमा पुग्न गएको भावनात्मक चोटप्रति महानगरपालिकाले क्षमायाचना समेत मागेको छ ।

महानगरपालिका सहित जिल्ला ट्राफिक प्रहरी कार्यालय र सडक डिभिजन कार्यालय, पोखराले पोखराका आइल्याण्डहरूका कारण ट्राफिक जाम बढेको भन्दै हटाउने तयारी गरेको थियो ।

मगर संघ कास्कीसँग महानगरले आइल्याण्डको साइज सानो बनाएर प्रथम शहीदको शालिक राख्ने भन्नेमा सहमति गरेको थियो । तर, आइल्याण्ड पूरै हटाइएपछि मगर समुदाय आक्रोशित बनेका छन् ।

तत्कालिन अवस्थामा पृथ्वीनारायण शाहको शालिक रहेको सो स्थानमा ०६२०६३ को जनआन्दोलनका क्रममा माओवादीले पृथ्वीनारायणको शालिक भत्काइदिएका थिए । त्यसपछि खाली रहेको सो चोकमा २०६४ सालमा मगर संघ कास्कीले प्रथम शहीद लखन थापाको शालिक राखेको हो । २०६५ सालमा पूर्ण कदको शालिक राखिएकोमा २०६७ सालमा तत्कालिन प्रधानमन्त्री डा बाबुराम भट्टराईले सो शालिकको अनावरण गरेका थिए । तस्बिर ः जक्सन डटकमबाट 

कमेन्टहरु
Loading...