शिरक्षेदन भएपनि कालिगण्डकी डाइर्भसन हुन दिदैनौ — मुख्यमन्त्री गुरुङ (भिडियो सहित)

पोखरा, २९ जेठ /गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले कालीगण्डकीको डाइर्भसनलाई किमार्थ पनि गर्न नदिने चेतावनी दिएका छन् । मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेशको प्राण नै कालीगण्डकी भएको भन्दै शिरक्षेदन गर्नु परेपनि आफु तयार रहेको बताए ।

विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिद्धारा पोखरा १८ धारापानी मार्गमा निर्माण हुन लागेको विन्ध्यवासिनी गुरुकुल विद्याश्रम भवनको बुधबार शिलान्यास गर्दै उनले प्राकृतिक, धार्मिक, उत्पादन, राष्ट्रियता कुनै पनि हिसाबले डाइर्भसन उपयुक्त नभएको बताए । उनले हाम्रो प्राणनै जान लागेपछि शिरको के काम शिरक्षेदन भए हुन्छ ।

उनले संघीय सरकारको नीति तथा कार्यक्रममा कालीगण्डकी डाइभर्सन परियोजना अघि बढाउने कार्यक्रम आएको थियो । उनले गण्डकी क्षेत्र सुख्खा पारेर नदी डाइभर्सन गर्न नदिइने बताए । उनले कालीगण्डकी नदी गण्डकी प्रदेशको मुख्यनदी भएकाले यसलाई डाभर्सन गर्न गण्डकी प्रदेशको पनि सहमति चाहिने बताए ।

कालीगण्डकी डाइभर्सनले पवित्र भूमि देवघाटलाई संकटमा पार्नुका साथै सम्पूर्ण इकोसिष्टम प्रभावित हुने उनको भनाई छ । धार्मिक, मानव र प्राकृतिक नियमका विरुद्ध हुने कुनै पनि गतिविधि सरकारलाई मान्य नहुने धारणा राख्खे ।

ऋषि मूनिको तपोभूमिका रुपमा रहेको गण्डकी प्रदेशको समग्र विकासका लागि सबै मिल्नुको विकल्प नरहेको बताउँदै उहाँले धार्मिक क्षेत्रको विकासका लागि हाम्रो भन्दा राम्रो मान्छेको आवश्यकता औल्याए ।

शिरक्षेदन भएपनि कालिगण्डकी डाइर्भसन हुन दिदैनौ — मुख्यमन्त्री गुरुङ

Posted by Ganthan.com on Wednesday, June 12, 2019

विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठले मन्दिरको २६ रोपनी गुठी जग्गामा गुरुकुल विद्याश्रमका लागि आवश्यक भौतिक संरचनाका निमार्ण गर्ने बताए । उनले होमन मण्डप, गाई गोठ, वगैचा, छात्राबास, स्कुल लगायत भवन निमार्ण गर्ने बताए ।

करिब १३ करोडको लागतमा निर्माण गरिने सो गुरुकुल आश्रम भवनका लागि नेपाल सरकारबाट सय वर्ष एक करोड ५० लाख, स्वामी निशेसान्दबाट १५ लाख र स्वामी वोदानन्दबाट १० लाख प्राप्त भएको जानकारी दिए ।

२०५१ सालदेखि सञ्चालन गरिएको गुरुकुल विद्याश्रममा हाल कक्षा ६ देखि ९ को पढाई भइरहेको छ भने भविष्यमा कक्षा १२ सम्म एक सय जना विद्यार्थीलाई आवासीय रुपमा निःशुल्क पढाईने संस्थाको लक्षय रहेको धार्मिक क्षेत्र विकास समितिका सचिव तीर्थ श्रेष्ठले जानकारी दिए ।

कमेन्टहरु
Loading...