प्रि–वल्र्ड कप प्याराग्लाइडिङमा तीन दिनको टाक्समा रसियाका ग्लेव अगाडी

पोखरा, २० फागुन/पोखरा क्षेत्रको विहिबारको मौसम सामान्य भएकोले पोखरामा जारी प्याराग्लाईडिङको प्रि–वल्र्ड कप प्रतियोगिता अन्र्तगत चौथो दिनको टाक्स सम्पन्न भएको छ । विहिबार तोकिएको ४७ किलोमिटरको दुरी सकिदा सम्म मौसममा कुनै समस्या नआए पछि प्रतियोगिहरुले तोकेको स्थानमा सुरक्षित अवतरण गर्न सफल भएका हुन ।

प्रि–वल्र्ड कप प्याराग्लाइडिङमा तीन दिनको टाक्समा रसियाका ग्लेव अगाडी
प्रि–वल्र्ड कप प्याराग्लाइडिङमा तीन दिनको टाक्समा रसियाका ग्लेव अगाडी

बुधबार र विहिबारको पुरा टाक्स भएकोले वल्र्ड कपको लागि आवश्यक पर्ने न्युनतम तीन दीनको टाक्स पुरा भएको आयोजक हवाई खेलकुद संस्था ना का अध्यक्ष योगेश भट्टराईले बताए । विहिबार मध्यान्हः १२ बजे सराङकोटबाट उडान सुरु भएको प्रतियोगिता सराङकोट लगायतको करीब ४७ किलोमिटर क्षेत्रमा दुरी निर्धारण गरीएको थियो । प्रतियोगिहरुलाई ४ बजे भित्रमा उक्त टाक्स पुरा गर्न प्राविधिक टोलीले समय सिमा दिएको थियो ।

उक्त प्रतियोगिता अन्र्तगत तीन दीनको टाक्सको आधारमा रसियाका ग्लेव सुखोत्सकी अग्र स्थानमा रहेको प्रतियोगिताका प्राविधिक संयोजक रविन गुरुङले बताए । दुई दिनको खेलमा दोश्रो स्थानमा रहेका उनले २ हजार ३६ अंक जोड्दै अग्र स्थानमा रहे । दुई दिनको टाक्समा अग्र स्थानमा रहेका ईरिसका सहिन फल्लाज ३ दीनको टाक्समा भने दोश्रो स्थानमा झरे । उनको खातामा १ हजार ९ सय ६७ अंक जोडिएको छ । भारतका अजय कुमार शर्माले १ हजार ९ सय ६२ अंक जोड्दै तेश्रो स्थानमा आउन सफल भए ।

महिला तर्फ भने कोरीयाकी युन हिकीम अग्र स्थानमा रहन सफल भईन । उनले ३ दिनको टाक्समा १ हजार ६ सय ६३ अंक ल्याउदै अग्र स्थाना रहन सफल भएकी हुन । काजकीस्थानकी डिनारा अस्मानोभाले ९ सय ५७ अंक ल्याउदै दोश्रो स्थानमा रहदा रसियाकी ईम्गेनीया बेलोभाले ८ सय ६८ अंक ल्याउदै तेश्रो स्थानमा रहिन। त्यसै गरी नेपाली प्यराग्लाईडिङ पाईलटहरु मध्य ३ दिनको टाक्समा कृष्ण सुनुवार अग्र स्थाना रहेका छन ।

उनले १ हजार ८ सय ६३ अंक ल्याउदै नेपाली तर्फ अग्र स्थानमा रहन सफल भए । एक हजार ८ सय ३९ अंक जोडेका विशाल श्रेष्ठ दोश्रो र १ हजार ७ सय ७ जोडेका अनिल भट्टराई तेश्रो स्थानमा रहेको प्राविधिक समितिले जनाएको छ । प्रतियोगिहरुको अंक ग्लोवल पोजीजनीङ सिस्टम (जिप्ीाएस) को आधारमा हुने गर्दछ । प्रतियोगिहरुको अंक ग्लोवल पोजीजनीङ सिस्टम (जिप्ीाएस) को आधारमा हुने गर्दछ ।

कमेन्टहरु
Loading...