पोखराको पृथ्वी चोकमा रातारात लखन थापाको पूर्ण कदको शालिक

श्याम राना मगर
पोखरा, १ फागुन /पोखराको पृथ्वी चोकमा नेपालका प्रथम शहिद लखन थापाको अर्ध कदको शालिक हटाएर रातारात पूर्ण कदको शालिक ठड्याइएको छ । मगर समुदायले शालिक ल्याएर ठड्याइएको जनाइएको छ ।

स्थानीय प्रत्यक्षदर्शीका अनुसार गए राति ८ बजेतिर पिक अप भ्यानमा शालिक ल्याएर क्रेनको सहयोगमा ठड्याइएको हो । तत्कालीन माओवादीको भादृ संगठन वाइसिएलले पृथ्वीनारायण शाहको शालिक हटाएर लखन थापाको शालिक खडा गरेको थियो ।

पृथ्वीनारायण शाहको शालिक हटाएर लखन थापाको शालिक खडा गरे पनि पृथ्वी चोक नै भनेर चिनिन्छ । यसअघि, पोखरा महानगरपालिकाले सडकको आकार बढाउन बिच सडकमा भएका आइल्यान्डको आकार घटाएको छ ।

महानगरले पृथ्वी चोक र सिर्जना चोकमा बढी ट्राफिक जाम हुने भएकाले आकाशे पुल बनाएर ट्राफिक व्यवस्थापन सहज बनाउँने अवधारणा अघि सारेको छ । सम्माननीय शालिकलाई पुलको मुनि राख्न नमिल्ने हुनाले शालिकलाई शहिद पार्क बनाएर व्यवस्थापन गरिने पोखरा महानगरपालिकाका मेयर मान बहादुर जिसी. का स्वकिय सचिव लक्ष्मण तिमिल्सिनाले बताए ।

‘उहाँहरुले राख्नु भयो,’ नेपाली पब्लिकसँग उनले भने, ‘ट्राफिक जाम व्यवस्थापन गर्न आकाशे पुल बनाउँन महानगर अगाडि बढी रहेको छ । सम्माननीय शहिदलाई शहिद पार्क बनाएर छुट्टै व्यवस्था गछौं ।

तस्बिर सौजन्य ः सन्तोष अधिकारी

कमेन्टहरु
Loading...