पोखरा प्रिमियर लिगको तयारी अन्तिम चरणमा, हिमाल खुले पछि आयोजक उत्साहीत

पोखरा, २२ असोज / दशैं मनाएर फर्किएपछि पोखरा क्रिकेटमय बन्ने छ । कार्तिक ९ गतेदेखि घरेलु क्रिकेट लिगको सर्वाधिक पुरस्कार

राशीको क्रिकेट प्रतियोगिता पोखरा प्रिमियर लिग शुरु हुने छ । मैदान बनाईसकिएको छ । आउट फिल्ड तयार छ । पीचलाई अन्तिम

रोलिङको काम बाँकी छ । त्यो पनि दशैं अगाडि नै तयार पारिने छ । त्यसपछिको दर्शकको लागि प्यारापिट, अफिसियल, खेलाडी र

सञ्चारकर्मीको लागि बक्स बनाईने छ । बाउण्ड्री रोप पनि आईसकेको छ । रोप मैदानमा लगाउन बाँकी छ । अत्यावश्यक शौचालय

निर्माणको काम पनि शुरु भईसकेको छ ।

स्कोर बोर्ड ल्याईसकिएको छ । साईड स्क्रिन बन्दै छ । क्विन्स इभेण्ट म्यानेजमेन्ट प्रालिका प्रवन्ध निर्देशक छुम्बी लामाले दर्शकको

लागि ४ हजार सिट क्षमताको प्यारापिट बनाउने बताए । शौचालय पनि महिला र पुरुषको लागि लक्षित गरी बनाइने उनको

भनाई थियो । प्यारापिट स्काई फोल्डिङको हुने छ । ‘एक पटकमा ६ जनाले शौच गर्ने मिल्ने बनाउने छौं ।’ उनले भने ।

खेलाडीको अक्सन भईसकेको छ । घरेलु(स्थानीय) खेलाडी दुई जना टोलीमा समाहित गर्दै छन् । दुई विदेशी खेलाडी पनि राख्न

बाँकी छ । घरेलु लिग क्रिकेटकै सर्वाधिक पुरस्कार रहने दावी गरिएको छ । पुरस्कार राशी भने तय भईसकेको छैन् । प्रालिले

सर्वाधिक पुरस्कार रहने दावी गर्दै मैदानलाई अन्तिम रुप दिदैं छ । ‘पीचमा रोलिङ गरेपछि फाईनल हुन्छ । आउट फिल्ड तयार

भईसकेको छ । केही खाल्टाखुल्टीमा माटो भर्दै सम्याईरहेका छौं ।’ उनले भने ‘दशैं लगत्तै क्रिकेटको माहोल शुरु हुन्छ ।’

कार्तिक ९ गतेदेखि पोखरा रंगशालमा आयोजना हुने पोखरा प्रिमियर लिग क्रिकेट प्रतियोगिताको लागि विराटनगर टाईटनले १३ लाख,

बुटबल ब्लाष्टर्सले १२ लाख ९० हजार, चितवन राईनोजले १४ लाख ९० हजार, धनगढी ब्लुजले १२ लाख, काठमाडौं रोयल्सले १२ लाख

८० हजार र पोखरा पल्टनले १२ लाख ९० हजार रुपैयाँ खेलाडी खरीदमा खर्च गरेका छन् ।

पोखरा पल्टनले विनोद भण्डारी, रोहितकुमार पौडेल, काडमाडौं रोयल्सले बसन्त रेग्मी, चितवन राईनोजले अनिलकुमार साह, करण

केसी र मोहम्मद आरिफ शेख, बुटवल ब्लाष्टर्सले सागर पुनलाई सर्वाधिक रकम खर्च गरेका छन् । उनीहरुको मूल्य दुई लाख ५० हजार

निर्धारण गरिएको छ । विराटनगर टाईटनले प्रदीप ऐरीलाई सर्वाधिक २ लाख ४० हजारको बोली लगायो । सुनिल धमलालाई २ लाख २०

हजार लगाउँदा टाईटनले राजेश पुलामीलाई १ लाख ५० हजार, सोहेब आलमलाई पनि १ लाख ५० हजारमा खरीद गर्दै टोलीमा

समावेश गरेको छ ।

पोखरा प्रिमियर लिगको तयारी अन्तिम चरणमा हिमाल खुले पछि आयोजक उत्साहीत
पोखरा प्रिमियर लिग लागि पोखरा क्रिकेट मैदान तयार । तस्बिरः सुर्दशन रञ्जित

बुटल ब्लाष्टर्सले ललित भण्डारीलाई २ लाख, सिद्धान्त लोहनीलाई १ लाख ६० हजार, भीम सार्कीलाई १ लाख ५० हजार बोली लगाउँदा

पोखरेली खेलाडी विपिन खत्रीलाई भने बेस प्राईस ३० हजार मात्रै बोली लगाइएको छ । चितवन राईनोजले भुवन कार्कीलाई १ लाख

५० हजारको बोली लगाएर आफनो टोलीमा समाहित गरेको छ । धनगढी ब्लुजले दिपिल नाथलाई २ लाख ४० हजारमा खरीद

गरेको छ । त्यसैगरी सागर ढकाललाई १ लाख ३० हजार, योगेन्द्रसिंह कार्कीलाई १ लाख १० हजार, कमलसिंह ऐरीलाई १ लाख

५०हजार रुपैयाँ तिर्दै टिममा समावेश गरेको छ ।

काठमाडौं रोयल्सले नरेश बुढाएरलाई २ लाख ३० हजारको बोली लगाएको छ । त्यसपछि अमृत श्रेष्ठ, पवन सर्राफ र सुशान भारीलाई

१ लाख ५० हजारको दरमा भित्रयाएको छ । पृथु बास्कोटा पनि १ लाख २० हजारमा काठमाडौंले नै भित्रयाएको छ । पोखरा पल्टनले

भने मेहबुव आलमलाई १ लाख ६० हजार, कुशल भुर्तेललाई १ लाख ५० हजार रुपैयाँ तिरेको छ । पोखरा पल्टनले १२ जना खेलाडी

किनेको छ । काठमाडौंले पनि १० जना खेलाडी खरीद गरेको छ । धनगढीले १३ जना खेलाडी, चितवनले १०, बुटवल ब्लाष्टर्सले १३ र

विराटनगर टाईटनले १२ जना खेलाडी खरीद गर्दै आफनो टोलीमा समावेश गरिसकेको छ ।

पोखरा प्रिमियर लिग भन्दा अघि नै एभरेष्ट प्रिमियर लिगको पहिलो संस्करण र धनगढी प्रिमियर लिगको दोस्रो संस्करण सम्पन्न

भईसकेको छ । अन्य शहरले पनि स्थानीयस्तरमा प्रिमियर लिग भने गर्दै आएका छन् । मैदानको लागि झण्डै दुई महिना अघिदेखि

काम शुरु गरिएको हो । पोखरा प्रिमियर लिगले पोखरालाई स्पोर्टस टुरिज्म सिटीको रुपमा विकास गर्ने प्रतियोगिताले सहयोग पुर्याउने

विश्वास गरिएको छ । प्रतियोगिताले क्रिकेटमा नयाँ आयाम थपिने विश्वास समेत लिईएको छ ।

कमेन्टहरु
Loading...