पोखरा प्रिमियर लिगका(PPL) लागि मैदान र पीच तयार, पाँच वर्षपछि पोखराको मैदानमा उत्रिदैं छौं–पारस

पोखरा, ४ कार्तिक / पोखरामा हुने पोखरा प्रिमियर लिग (PPL)शुरु हुन मात्रै चार दिन बाँकी छ । त्यसपछि पोखरामा सर्वाधिक राशीको टी–२० क्रिकेट प्रतियोगिता पोखरा प्रिमियर लिग शुरु हुने छ । काम विहानदेखि साँझसम्म भइरहेको छ । बाँकी त केवल पीच र आउटफिल्डको छ ।

पीचमा नियमित रोलर लगाईएको छ । रोलर लगाउँदै पानीले छम्कदैं गरिएको छ । दुबो उमारिएको छ । आउटफिल्ड भने दक्षिण पश्चिम साईडमा केही उबडखाबड छ । त्यसलाई पनि रोलर लगाएर सम्याउने योजना छ । त्यसपछि फाईनल टच दिने लक्ष्य आयोजक क्विन्स इभेण्ट म्यानेजमेन्ट प्रालिले लिएको छ ।

‘पोखरा प्रिमियर लिग पोखराको लागि ब्राण्ड हो ।’ प्रालिका प्रवन्ध निर्देशक छुम्बी लामाले भने–‘त्यो ब्राण्डलाई पोखराले नै क्यास गर्ने हो । हामीले लिएर जादैनौं ।’ उनकै शब्दमा पोखरा प्रिमियर लिगले पोखराको क्रिकेटखेलको विकास र पर्यटन प्रवद्र्धनमा नयाँ आयाम थपिने छ । पुरस्कार राशी र अन्य जानकारी भने पत्रकार सम्मेलन गरेर नै घोषणा गर्ने उनको भनाई थियो ।

नेपाली क्रिकेटका कप्तान पारस खड्काले पनि पोखरा रंगशालाको क्रिकेट मैदान प्रत्यक्ष नियाले । उनले आउट फिल्ड परीक्षण गर्ने क्रममा बलले व्याटिङ गरेर चेक गरे । केही ठाँउमा रोलर लगाउनुपर्ने आवश्यकता औंल्याए । ‘क्रिकेटको स्टार्डण्र्ड अनुसार मैदान छ । पोखरा प्रिमियर लिगपछि आवश्यक भौतिक पुर्वाधार थपियोस । हामीले पनि केही सिक्ने मौका पाँउ र केही नयाँ पुस्ता सिकाउने अवसर मिलोस ।’ पारस खड्काले भने । झण्डै पाँच वर्षपछि पोखराको मैदानमा उत्रिने पाउने अवसर नै सौभाग्य नै भएको बताए ।

उनको भनाई अनुसार पोखराको मैदान राम्रो र उत्कृष्ठ छ । पीच र आउटफिल्ड अन्य ठाँउको तुलनामा राम्रो बनेको छ । यद्यपी खेलेपछि मात्रै पूर्ण रुपमा मैदान र पीचको बारेमा जानकारी हुने स्पष्ट पारे । पोखराको टिम पोखरा पल्टनले दुई स्थानीय खेलाडी अनुबन्धन गर्न बाँकी छ । छ फ्रेन्चाईज कम्पनीले दुई दुई अन्तर्राष्ट्रिय खेलाडी समेत अनुबन्धन गर्ने काम बाँकी छ ।

कात्तिक ९ गतेदेखि

घरेलु क्रिकेट लिगको सर्वाधिक पुरस्कार राशिको क्रिकेट प्रतियोगिता पोखरा प्रिमियर लिग सुरु हुनेछ । चारवटा पीच बनाईएको छ । दर्शकका लागि प्यारापिट बनाई सकिएको छ । अफिसियल, खेलाडी र सञ्चारकर्मीका लागि बक्स बन्ने तरखर छ । अत्यावश्यक शौचालय निर्माण पुरा गरिसकिएको छ । साइड स्क्रिन राख्न फलाम जडान गरिएको छ ।

क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिका प्रबन्ध निर्देशक छुम्बी लामाले दर्शकका लागि चार हजार सिट क्षमताको प्याराफिट बनाउने बताए । प्यारापिट स्काई फोल्डिङको हुनेछ । पोखरा पल्टनका सहायक प्रशिक्षकको रुपमा रहेका रिजन प्रजुले पोखरामा आयोजित यो प्रतियोगिताले क्रिकेट एकेडेमीको लागि एक्पोजरको मौका मिल्ने सुनाए ।

कात्तिक ९ गतेदेखि पोखरा रंगशालमा आयोजना हुने पोखरा प्रिमियर लिग क्रिकेट प्रतियोगिताका लागि विराटनगर टाइटनले १३ लाख, बुटबल ब्लास्टर्सले १२ लाख ९० हजार, चितवन राइनोजले १४ लाख ९० हजार, धनगढी ब्लुजले १२ लाख, काठमाडौं रोयल्सले १२ लाख ८० हजार र पोखरा पल्टनले १२ लाख ९० हजार रुपैयाँ खेलाडी खरिदमा खर्च गरेका छन् ।

पोखरा पल्टनले १२ जना खेलाडी किनेको छ । काठमाडौंले पनि १० जना खेलाडी खरिद गरेको छ । धनगढीले १३ जना खेलाडी, चितवनले १०, बुटवल ब्लास्टर्सले १३ र विराटनगर टाइटनले १२ जना खेलाडी खरिद गर्दै आफ्नो टोलीमा समावेश गरिसकेको छ ।

प्रतियोगिता नजिकिदैं गर्दा क्रिकेटको सर्वोच्च संस्था अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल९आईसिसी०ले पोखरा प्रिमियर लिगलाई मान्यता दिएको छ ।
पोखरा प्रिमियर लिगअघि नै एभरेस्ट प्रिमियर लिगको पहिलो संस्करण र धनगढी प्रिमियर लिगको दोस्रो संस्करण सम्पन्न भइसकेको छ । अन्य सहरले पनि स्थानीयस्तरमा प्रिमियर लिग भने गर्दै आएका छन् ।

कमेन्टहरु
Loading...