पोखरा प्रिमियर लिग शुरु, पोखरा पल्टन ५८ रनले विजयी

पोखरा, ९ कात्तिक/ पोखरामा शुक्रबार देखी शुरु भएको पोखरा प्रिमियर लिग (पिपिएल) (PPL) मा पोखरा पल्टनले विराटनगर टाईटनलाई ५८ रनले पराजित गर्दै विजयी शुरुवात गरेको छ । टस हारेर व्याटिङको गरेको पोखरा पल्टनले दिएको १९८ रनको लक्ष्य पन्छाउने क्रममा विराटनगर टाईटन १३९ रनमै समेटियो । पोखरा पल्टनका बलर ललितनाथ राजंवशीले महत्वपूर्ण तीन विकेट लिएपछि विराटनगर टाईटन आठ विकेटको क्षतिमा १३९ रनमा समेटिदै ओपनिङ गेममा पराजित भयो ।

पुष्प थापा र राजु रिजालले ३०–३० रन बनाए । ललित राजवंशीले चार ओभर बलिङ गर्ने क्रममा पहिलो विकेटको रुपमा प्रदीप ऐरीलाई आउट बनाए । उनलाई कुशल भर्तुेलले क्याचआउट गराएपछि विराटनगरको खराब लय देखियो । ऐरीले केवल १० रन मात्रै बनाएका थिए ।

विराटनगरको दोस्रो विकेट भने २१ रनमै झर्यो । कृष्ण कार्कीैले जितेन्द्रसिंह ठकुरीलाई पभेलियन फर्काए । ललित राजवंशीले व्यक्तिगत दोस्रो विकेट भने रिजालको लिए । रिजालले २७ बल खेल्दै ३० रन जोडे । कृष्ण कार्की, भेषवाकर, मेहबुव आलम, विक्रम भुषालले एक एकविकेट लिए । आलमले चार ओभरमा एक मेडन राख्दै ३१ रन खर्चिए ।

भारतीय खेलाडी एन्ड्रयु सुविकशान पनि १४ रनमै आउट भएपछि फराकिलो लक्ष्य पछ्याएको विराटनगरको व्याटिङमा पुनरागमन हुने सम्भावना देखिएन् । विराटनगरका कप्तान सन्दीप लामिछाने १४ रनमा जोड्ने क्रममा एक छक्का हिर्काए । जितेन्द्र मुखिया ६ रनमा आउट भएका थिए ।

टस हारेर व्याटिङमा उत्रिएको पोखरा पल्टनले तीन विकेटको क्षतिमा १९७ रनको फराकिलो स्कोर तयार पार्यो । कुशल भुर्तेल र आशिष शेखले पहिलो विकेटको लागि अर्धशतकीय पारीको साझेदारी गरेपछि पोखरा पल्टनले घरेलु मैदानमा विराटनगर टाईटन विरुद्ध गतिलो शुरुवात गर्यो । उनीहरुले पहिलो विकेटको लागि ५३ रनको साझेदारी गरेका थिए । सन्दीप लामिछानेको दोस्रो अ‍ेभरको पहिलो बलमा आउट क्याच आउट हुनु अघि कुशल भुर्तेलले व्यक्तिगत ३८ रनको स्कोरमा जोडे ।

तेस्रो नम्बरमा आएका विदेशी खेलाडी

रवि इन्दर सिंहले ४४ रन बनाउने क्रममा २ चौका र ४ छक्का प्रहार गरे । प्रतियोगिताकै पहिलो अर्धशतक पुरा गर्ने खेलाडीको सूचीमा भने आशिफ शेख बने । उनले ५२ रन बनाई महत्वपूर्ण इनिङ खेले । उनी सशबाव आलमको बलमा छक्का प्रहार गर्न खोज्दा लङअनमा पुष्प थापाको हातबाट क्याच हुदैं पभेलियन फर्किए । उनले ५२ रन बनाउने क्रममा ५४ बेल खेल्दै ५ चौका र १ छक्का हिर्काउन सफल भएका थिए ।

शेखको विकेटपछि विनोद भण्डारी र कप्तान शरद भेषवाहकर नटआउट रहदैं इनिङ टुग्याए । भण्डारीले विष्फोटक व्याटिङ गर्ने क्रममा ११ बलमा ४१ रन बनाए । उनले दुई चौका र ५ छक्का हिर्काए । पोखरा पल्टनका विनोद भण्डारी म्यान अफ दि म्याचबाट पुरस्कृत भए । उनले पुरस्कार स्वरुप नगद १० हजार तथा अन्य गिफ्ट ह्याम्पर पाए ।

क्विन्स इभेण्ट म्यानेजमेन्ट

प्रालिको आयोजनामा पोखरा रंशगालामा सञ्चालित पोखरा प्रिमियर लिग टी–२० क्रिकेट प्रतियोगिताको उदघाटन सभामुख कृष्णबहादुर महराले गरेका थिए । नेपालकै सर्वाधिक पुरस्कार राशीको फ्रेन्चाईज टी–२० क्रिकेट प्रतियोगितामा पोखरा पल्टन, विराटनगर टाईनट, काठमाडौ रोयल्स, चितवन राईनोज, बुटवल ब्लाष्टर्स र धनगढी ब्लुजले ले सहभागिता जनाएका छन् ।

कात्तिक २० सम्म सञ्चालन हुने पिपिएल विजेताले २७ लाख रुपैयाा पाउने छ भने उपविजेताले १० लाख रुपैयाँ पाउने छ । शनिबारको पहिलो खेल चितवन राईनोज र बुटवल ब्लाष्टर्स बीच हुने छ भने दोस्रो खेल हुलास काठमाडौं रोयल्स र एक्सर्पट धनगढी ब्लुज बीच हुने छ ।

ppl live

Posted by Ganthan.com on Thursday, October 25, 2018

पोखरा प्रिमियर लिगमा पोखरा पल्टन र विराटनगर टाईटन

पोखरा प्रिमियर लिगमा पोखरा पल्टन र विराटनगर टाईटन

Posted by Ganthan.com on Friday, October 26, 2018

कमेन्टहरु
Loading...