पोखरा प्रिमियर लिगका लागि अक्सन मार्फत ६९ खेलाडी छनौट (कुन खेलाडी कुन टिममा)

पोखरा, १४ असोज / पोखरा प्रिमियर लिगका लागि अक्सन मार्फत ६९ खेलाडी छनौट भएका छन् । ७ जना खेलाडीलाई २ लाख ५० हजारमा टिमले

लिएका छन् । आइतबार भएको अक्सनबाट १७९ जना खेलाडी अक्सनमा थिए, उनीहरु मध्ये ६९ जना खेलडीलाई ६ टिमले लिएका हुन् ।

७ जना खेलाडीमाथि अधिकतम मूल्यको बोली लागेको छ । करण केसी, विनोद भण्डारी, बसन्त रेग्मी, सागर पुन, अनिल कुमार शाह, रोहित पौडेल,

आरिफ शेखलाई २ लाख ५० हजारमा विक्री हुने खेलाडीमा परेका छन् ।

उनीहरु मध्ये तीन जना पारस खड्का मार्की प्लेयर रहेको चितवन राइनोजमा आवद्ध भएका छन् । चितवनले अनिल कुमार शाह, करण केसी र आरिफ

शेखलाई २ लाख ५० हजारमा किनेको हो ।

पोखरा पल्टनले पोखराले रोहित कुमार पौडेल र विनोद भण्डारीलाई किनेको छ । बुटवल ब्लास्टर्सले सागर पुन र काठमाडौं रोयल्सले बसन्त रेग्मीलाई

२ लाख ५० हजारमा टिममा लिएको छ । उनीहरु माथि एक भन्दा बढी क्लबले बोली लगाएपछि लक्की ड्रमार्फत क्लब छनोट गरिएको थियो । अक्सन

मार्फत चितनव राइनोज १०, पोखरा पल्टनले ११, बुटबल व्लास्टर्सले १३, काठमाडौं रोयल्सले १०, धनगढी व्लुजले १३, विराटनगरले १० ले खेलाडी

भित्राएका छन् ।

पोखरा प्रिमियर लिगका लागि अक्सन मार्फत ६९ खेलाडी छनौट कुन खेलाडी कुन टिममा

कमेन्टहरु
Loading...