वडा प्रहरी कार्यालय बैदाम प्रमुख शर्माले आफ्नो गाडीको टायर फेर्न नमान्दा ब्यवशायीलाई एकरात थुने

गिता राना मगर
पोखरा, २२ असोज/ वडा प्रहरी कार्यालय बैदामको जिम्मेवार सम्हाले देखिनै पटक पटक विवादमा मुछिदै आएका वडा प्रहरी कार्यालय वैदामका प्रमुख प्रहरी निरीक्षक बसन्त कुमार शर्मा यतिवेला प्रहरीको वर्दीमा दादागिरी देखाउदै ब्यवशायीहरुलाई धम्की दिने र नमाने थुनामा राख्ने गरेको खुलासा भएको छ ।

प्रहरी निरीक्षक शर्माले पोखराको पर्यटकीय क्षेत्र लेकसाइडका रेष्टुरेण्ट ब्यवशायीहरु संग रकम माग्ने गरेको र ब्यवशायीहरुले रकम दिन आनाकानी गरेपछि रातको एघार बज्ने बित्तिकै रेष्टुरेण्टहरुमा प्रहरी गइ ग्राहक र सञ्चालकलाई पक्राउ गर्ने गरेको एक रेष्टुरेण्टका सञ्चालकले आफ्नो नाम नभन्ने शर्तमा हिमशिखर डटकमलाई जानकारी दिए ।

रेष्टुरेण्ट सञ्चालकका अनुसार वडा प्रहरी कार्यालय वैदामले रातको एघार बज्नासाथ ग्राहकहरुले खाना खाइरहेको अवस्थामा प्रहरीहरु आउने र विभिन्न बहानामा पक्राउ गरी ब्यवशायलाई नै धरापमा पर्ने अवस्थामा पुगेको वताए । यसरी जवरजस्ती गर्दा नेपालीमात्र नभइ बिदेशी पर्यटकहरुलाई पनि विनाकारण दुख दिने र ब्यशावयीलाई पक्राउ गरेर लगेपछि पनि वडा प्रहरी कार्यालयबाट छोड्ने वेलामा प्रहरी निरीक्षक शर्माले आफ्नो गाडीको मर्मत तथा कार्यालयको भौतिक संरचना बनाउन लगाउने गरेको ती ब्यवशायीले वताए ।

लेकसाइडका मात्र नभइ प्रहरी निरीक्षक शर्माले महेन्द्रपुल क्षेत्रमा सञ्चालित दोहोरीहरुमा पनि जवरजस्ती ढंगले सञ्चालकहरुलाई पक्राउ गरी आफ्नो गाडीको टायर फेर्नेदेखि लिएर कार्यालयको भौतिक संरचना बनाइदिन लगाउने र छोड्ने गरेको दोहोरी संचालकले वताए । दोहोरी संचालकका अनुसार वडा प्रहरी प्रमुख शर्माले शुक्रबार एकजना दोहोरी संचालक लाई एघारबजे दोहोरी बन्द नगरेको भनी पक्राउ गरी लगेर आफ्नो गाडीको टायर फेर्न र भवन निर्माणमा सहयोग गर्न आग्रह गर्दै छोडेको ती सञ्चालकले वताए ।

ती सञ्चालकले भने हामीले राज्यलाई कर तिरेर ब्यवशाय सञ्चालन गरेका हौ , कर पनी तिर्ने र बिना कारण प्रहरीले पक्राउ गरी उसको गाडी वनाउनुभन्दा हामी ब्यवशाय बन्द गर्न तयार छौ । यसबारेका प्रमुख जिल्ला अधिकारीलाई समेत जानकारी गराएको उनले वताए । यसवारेमा बुझ्दा वडा प्रहरी कार्यालय बैदामका प्रमुख बसन्त शर्माले आफुले कुनै कडाइ नगरेको र जिल्ला प्रमुखको आग्रहमानै आफुले काम गरेको वताए ।

एघार वजे नै बन्द गर्न लगाउने नभइ एघार बजे म्युजिक बन्द गरी दुइ बजे सम्म खुल्ला गर्ने सैद्धान्तिक सहमति भएको भएतापनि प्रहरी प्रशासनले एघारबजेनै बन्द गराउदा नराम्रो सन्देश जाने भन्दै प्रमुख जिल्ला अधिकारी समक्ष पर्यटन ब्यवशायीको छलफल भएको छ ।

छलफलको क्रममा पर्यटन क्षेत्रमा यसवारेमा सहज बनाउने र समय सापेक्ष अनुसार पविर्तन गर्दै लैजाने निर्णय भएको रेष्टुरेण्ट एण्ड बार एशोसियशन पोखराका पूर्व अध्यक्ष गोपी भट्टराइले वताए । बैठकमा जिल्ला प्रहरी कार्यालय प्रमुख, कास्कीका प्रमुख जिल्ला अधिकारी, पर्यटन ब्यवशायी तथा रेष्टुरेण्ट ब्यवशायीहरुको सहभागीता रहेको थियो ।

यो न्युज बाट जस्ताको तस्तै लिएका हौं । ओरिजिनल लिन्क

‘ट्यालेन्टहन्ट’ मार्फत पोखरामा क्रिकेट खेलाडीको खोजी

 

कमेन्टहरु
Loading...