मंगलबार देखी हुने पोखरा कपमा दुई विदेशी सहित १२ टिमको सहभागीता

पोखरा, १३ माघ/एन्फा कास्कीको आयोजनामा हुने छैटौं संस्करणको मनकामना केवलकार पोखरा कपमा दुई विदेशी सहित १२ टिमले सहभागीता जनाउने भएका छन् । प्रतियोगितामा क्यामरुनको टोली र जापानको युनिर्भसिटीको टिम सहित १२ टिम सहभागी हुने आइतबार पोखरामा आयोजीत पत्रकार सम्मेलनमा एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले जानकारी दिए । प्रतियोगितामा ए डिभिजन ९ र आयोजक पोखरा ११ गरी १२ टोलीले उपाधि प्रतिस्पर्धा गर्ने उनले बताए ।

प्रतियोगितामा मनाङ मस्र्याङ्दी क्लब, थ्रीस्टार क्लब, संकटा क्लब, त्रिभुवन आर्मी क्लब, शसस्त्र प्रहरी बल, नेपाल पुलिस क्लब, हिमालयन शेर्पा, च्यासल तथा ब्रिगेड ब्वाईजको सहभागिता रहने मनकामना केवलकार पोखरा कप २०७५ का संयोजक हरि खड्काले जानकारी दिए ।

छैटौं सस्करणमा पुरस्कार राशीलाई समेत बृद्धि गरिएको छ । पाँचौ सस्करणभन्दा झण्डै दुईलाख रुपैयाँ बृद्धि गरिएको छ । यो वर्षको विजेताले सात लाख ५५ हजार रुपैयाँ प्रदान गरिने निर्णय कास्की जिल्ला फुटबल संघले जनाएको छ । उपविजेताको हकमा भने चार लाख ५ हजार ५ सय ५५ रुपैयाँ प्रदान गरिने छ । उत्कृष्ठ खेलाडीलाई मोटरसाईकल प्रदान गरिने निर्णय समेत कास्की जिल्ला फुटबल संघले गरेको छ । उत्कृष्ठ पाँच विधा बेष्ट फरवार्ड, बेष्ट डिफेन्स, बेष्ट मिडफिल्डर, बेष्ट गोलकिपर र बेष्ट प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिने छ ।

आयोजक कास्की जिल्ला फुटबल संघले १२ दिने प्रतियोगिताको लागि १ करोड १७ लाख रुपैयाँ खर्च हुने अनुमान गरेको छ । आम्दानी भने १ करोड २८ लाख ५० हजार गरेको छ । संघका अनुसार फुटबल खेलमा योगदान गर्ने एकजनालाई सम्मानस्वरुप मोटरसाईकल प्रदान गर्ने निर्णय समेत गरेको छ । स्थगित भएको दुई वर्षपछि मनकामना केवलकार पोखरा कप गर्ने तयारी अन्तिम चरणमा छ । मैदान वरिपरी टिनले बार्ने काम गरिएको छ । स्टेज दर्शकलाई आवश्यक प्यारापिट निर्माण गरिदैं छ । संघले मैदानलाई मर्मत सम्भारमाा समेत गरिरहेको छ ।

कमेन्टहरु
Loading...