पोखरामा दोस्रो सभामुख कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता शुरु

पोखरा, १ माघ/पोखरामा दोस्रो सभामुख कप राष्ट्रिय महिला भलिवल प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको गण्डकी प्रदेश मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरे । ७ प्रदेश र तीन विभागी टोली विच प्रयोगिता हुने छ ।

घरेलु टोली गण्डकी प्रदेशको चुनौतिलाई पन्छाउँदै नेपाल पुलिस क्लब दोस्रो सभामुख कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको अन्तिम आठमा प्रवेश गर्दा प्रदेश नं ३ ले पनि त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै क्र्वाटरफाईनल पक्का गरेको छ । आर्मी र गण्डकी प्रदेश भने उपविजेताको रुपमा अन्तिम आठ प्रवेश गरेका छन् ।

प्रतियोगितामा प्रदेश नं ३ ले आर्मीमाथि ३–१ सेटले पन्छाउँदै क्र्वाटरफाईनलमा प्रबेश गरेको छ । यद्यपी आर्मी हारले पनि अन्तिम आठ प्रवेश गरेको छ । समूह सीमा रहेको प्रदेश नं ३ र आर्मी छन् । अर्को खलेमा सशस्त्र प्रहरी बलले प्रदेश १ लाई ३–० को सेटमा हरायो । सशस्त्रले २५–३, २५–८ र २५–३ मा हरायो । अर्को खेलमा प्रदेश नं ५ ले प्रदेश २ लाई २५–१०, २५–१४ र २५–८ को सेटले पन्छायो । अब क्र्वाटरफाईनल प्रवेशको लागि अन्तिम खेल भने प्रदेश नं ५ ले कर्णाली प्रदेशसँग खेल्ने छ । नेपाल पुलिस क्लबले गण्डकी प्रदेशलाई घरेलु कोर्टमा २५–१९, २५–२० र २५–१७ को सेटमा पराजित गर्दै क्र्वाटरफाईनल तय गर्यो ।

लिगकम नकाउटको आधारमा भएको प्रतियोगिताको विजेताले नगद ३ लाख ५० हजार रुपैयाँ सहित ट्रफी प्राप्त गर्ने छ । दोस्रो हुने टोलीलाई १ लाख ७५ हजार, तेस्रोलाई १ लाख रुपैयाँ र चौथोलाई सान्त्वना स्वरुप २५ हजार रुपैयाँ प्रदान गरिने क्षेत्रीय खेलकुद विकास समितिले जनाएको छ । उत्कृष्ठ विधा तर्फ बेष्ट स्पाईकर, बेष्ट सेटर, बेष्ट लिबरो, बेष्ट ब्लकर, बेष्ट सर्भर, बेष्ट प्रशिक्षकलाई नगद ५ हजार सहित सम्मानित गरिने छ । उत्कृष्ठ खेलाडीलाई नगद १० हजार रुपैयाँ प्रदान गरिने प्रतियोगिताका प्रचार प्रसार संयोजक दिपकबहादुर गोदारले जानकारी दिए ।

कमेन्टहरु
Loading...