पर्यटन वर्ष २०२० को निम्तो बढ्दै पर्यटन व्यवसायी मलेसिया र इन्डोनेसियामा

पोखरा, १२ माघ /मलेसियाको क्वालालाम्पुर र इन्डोनेसियाको बालीमा नेपालको पर्यटन प्रबर्दधन गरिएको छ । टान पश्चिमाञ्चल क्षेत्रिय सघं पोखराको आयोजना तथा नेपालपर्यटन वोर्ड गण्डकी प्रदेश कार्यालयको सहयोगमा मलेसियाको क्वालालाम्पुर ईन्डोनेशियाको बालीमा नेपाल प्रमोशन तथा सेल्स मिसन कार्यक्रम गरी नेपाली गन्तव्यको व्यवसायीले प्रबर्दधन गरेका छन् ।

दुबै ठाउँमा भएका कार्यक्रममा नेपाल पर्यटन वोर्ड, एशोसियसन अफ इन्डोनेशियन टुर्स एण्ड ट्राभल्स एजेन्टका एजेन्ट, टुर अपरेटर, पत्रकार तथा नेपाल पर्यटन वोर्ड, पोखरामा रहेका टान क्षेत्रिय सघं पोखराका २१ सदस्यीय टोलीको सहभागीता रहेको थियो ।

कार्यक्रममा डेस्टिनेशन नेपाल शिर्षकमा नेपाल पर्यटन वोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख मणिराज लामिछानेले नेपालको पर्यटकीय सम्पदाहरुको बारेमा हिन्दु बाहुल्य बाली तथा हिन्दु बाहुल्य भएको देश नेपालका बीच अन्तर आत्मीयता र धर्मसांस्कृतिक न्यानोपनाका साथै बालीको साहसिक पर्यटन तथा नेपालका उपलब्ध साहसिक पर्यटनका बीचको सम्बन्ध तथा साझेदारीका बिषयमा प्रस्तुति दिएका थिए ।

बाली पर्यटन वोर्डका सचिव लुसीयारीले नेपाल र बालीका बीचमा रहेका साँस्कृतिक आदानप्रदान, बालीपर्यटन बोर्ड र बालीपर्यटन बोर्डका बारेमा हुन सक्ने सहकार्यका बारेमा आफ्नो धारणा राखेकी थिइन् । नेपाल भ्रमर्ण बर्ष २०२०, विश्वमै प्रख्यात अन्नपूर्ण क्षेत्रको पदयात्रा गर्न, नेपालका विभिन्न ठाउँ घुम्न र पोखरा घुम्न मलेशियन र इण्डोनेशियन पर्यटकलाई निमन्त्राण गरेको टे«किङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघ पोखरा अध्यक्ष हरि भुजेलले जानकारी दिए ।

पछिल्लो समयमा मलेशियन पर्यटक नेपाल आउने क्रम बढेको छ । घुम्न मनपराउने मलेशियन र इण्डोनेशियन पर्यटकलाई अन्नपूर्ण पदयात्रा, गण्डकी प्रदेश, प्रदेशको राजधानी पोखरा र समग्र नेपालको पर्यटकीय स्थलका बारेमा जानकारी गराएको अध्यक्ष भुजेलले बताए ।

कमेन्टहरु
Loading...