एचआईभी संक्रमित गोपाल श्रेष्ठको सगरमाथा आरोहण वृत्तचित्र अन्तराष्ट्रिय प्रतिस्पर्धाको अन्तिम चरणमा

पोखरा, १ माघ /पोखरावाट सगरमाथा आरोहण अभियानमा केन्द्रित भएर निर्माण गरिएको वृत्तचित्र ‘To The Everest and Beyond’ थाईल्याण्डमा आयोजना हुने एशियाली लघु चलचित्र प्रतिस्पर्धाको अन्तिम चरणमा छनौट भएको छ । विभिन्न चार चरणको छनोट प्रकृया पछि अन्तिम १२ मा पर्न सफल भएको हो ।

लागु पदार्थ प्रयोग कर्ताहरुको एशियाली संजाल,ANPUD ले आयोजना गरेको प्रतियोगितामा नेपाल लगाएत एशियाली मूलुकहरुका चलचित्र निर्माताहरुको आवेदन परेको आयोजकले जनाएका छन् । नेपाल लगाएत १६ वटा एशियाली मुलुकहरुको सहभागिता रहेको प्रतिस्पर्धाको पोखरा फिल्म सोसाईटी सह आयोजकको रुपमा रहेको छ ।

पोखराका वृत्तचित्र निर्माता तथा कलाकार विष्णु प्रसाद गौतमले निर्माण÷निर्देशन गरेको वृत्तचित्र ‘To The Everest and Beyond’ पूर्व राष्ट्रिय फुटवल खेलाडी तथा एच आई भी संक्रमित गोपाल श्रेष्ठको सगरमाथा आरोहण अभियानमा केन्द्रित रहेको निर्देशक गौतमले जानकारी दिए । उनले भने–“यो चलचित्र गोपालको वास्तविक जिवनमा आधारित भएर निर्माण गरिएको हो ।”

विश्व चलचित्र प्रतिस्पर्धामा पनि पछिल्लो समयमा यथार्तमा आधारित विषय वस्तुहरुलाई वढि प्राथमिकता दिने हुदा आफु सो प्रतियोगितामा सहभागि भएको उनको भनाई रहेको छ । उनले भने–“मेरो काम नै यथार्त विषयमा केन्द्रित भएर चलचित्रहरु निर्माण गर्ने हो अहिले पनि त्यस्तै विषयमा काम गरेको छु । यो काम प्रतिस्पर्धाका लागि भन्दा पनि गोपाल दाईको सगरमाथा अभियानको लागि पनि हो ।”

विक्रम संवत् २०४२ सालको राष्ट्रिय फुटवल टिमका प्रमुख डिफेन्स गोपाल लागु पदार्थ प्रयोगका कारण टिम र लिगबाट समेत निस्कासन भए । त्यस पछि उनि पोखरा घर फर्किए । परिवार समाज र आफन्त सवैले लागूपदार्थ प्रयोगकर्तालाई तेश्रो दर्जाको रुपमा हेरे पछि उनमा मानसिक रोगको समस्या वढ्यो र वजारमा पाईने सवै खाले लागू पदार्थ प्रयोग गरे अन्ततः एच आई भी वाट समेत संक्रमित भए ।

२५ वर्ष पहिला डक्टरले तीन महिना भित्र मर्ने दावी गरिएका गोपाल यहि आउदो वैशाखमा सगरमाथा आरोहण गर्ने अभियानमा रहेका छन् । गोपाल श्रेष्ठ २०७२ साल बैशाखमा सगरमाथा आरोहणका लागि गएपनि नेपालमा भुकम्प गए पछि फर्किएका थिए । यहि कथामा वास्तविक दृश्यहरुको संमायोजन गरी वृत्तचित्र निर्माण गरिएको छ ।

श्याम शुक्ला फिल्म प्रोडक्सनको व्यानरमा निर्माण भएको वृत्तचित्रमा घनश्याम लामिछाने, पुष्कर नन्दन अधिकारी र शेखर गौतमको लगानी रहेको छ । छायाँकन र सम्पादनमा घनश्याम लामिछाने रहेका छन् भने रंग संयोजन नेत्र गुरुङको हो । वृत्तचित्रको पाश्व संगीत रञ्जन गायकको रहेको छ भने कथा तथा निर्देशन विष्णु प्रसाद गौतमको रहेको छ ।

 

कमेन्टहरु
Loading...