पोखरामा सडक किनारमा मासु पोल्नेमाथि अनुगमन

पोखरा, ६ माघ/ सामुदायिक प्रहरी सेवा केन्द्र बैदामको पहलमो सडक किनारमा अन्धाधुन्ध मासु पोली सर्वसाधारणको स्वास्थ्यमा हानी गर्नेमाथि अनुगमन थालिएको छ ।

पोखरा वडा ६ कार्यालय र वडा प्रहरी कार्यालय बैदामको समन्वयमा हल्लनचोकदेखि फेवाताल स्वीमिङ पुल घाटसम्म सडक छेउमा मासु पोल्ने व्यवसायीमाथि अनुगमन गरी उक्त कार्यमा रोक लगाइएको छ ।

अन्धाधुन्ध रुपमा धूँवाको मुस्लो फ्याकी सर्वसाधारणको जनस्वास्थ्यमा हानी पारेको भन्दै सामुदायिक बैदामले त्यस कार्यमाथि रोक लगाएको सामुदायिक बैदाम अध्यक्ष मीना भट्टराईले जानकारी दिइन् ।

सो अनुगमनमा पोखरा ६ का वडाध्यक्ष जगतबहादुर पहारी, वडा प्रहरी कार्यालय बैदामका डिएसपी नवीन कार्की लगायत वडा सदस्य एवं विभिन्न आमा समूहको प्रतिनिधित्व थियो ।

सामुदायिक बैदाम सदस्य ठाकुर बरालका अनुसार हल्लनचोकदेखि फेवाताल स्वीमिङ पुल घाटसम्म करिब १२ र फेवाताल छेउका ८ गरी करिब २० त्यस्ता पसलमा अनुगमन गरी सो कार्यमा रोक लगाइएको हो ।

त्यस्तै, फेवाताल किनारका सम्पूर्ण फुट ट्रयाकमा राखिएका साना व्यवसायीलाई समेत सो क्षेत्रबाट हटाइएको छ । सामुदायिक बैदामले आगामी दिनमा नियमित अनुगमन गर्दै जाने सचिव नेत्र भण्डारीले बताए ।

कमेन्टहरु
Loading...