भत्काएको १३ महिनापछि पोखरा फुटबल मैदानको प्यारापिट बनाउन शुरु

पोखरा, २४ पुस/पोखरा रंगशालामा भएको फुटबल मैदानको प्यारापिट भत्काएका १३ महिना पछि निर्माण प्रक्रिया शुरु भएको छ । पोखरामा आधुनिक र अन्तराष्ट्रियस्तरको फुटबल रंगशाला निर्माणको लागि जमीन नापजाँच सर्भेको काम शुरु भएको छ ।

पोखरा रंगशालाभित्र फुटबल मैदान सहितको स्टेडियम निर्माण गर्न राष्ट्रिय खेलकूद परिषद् र एमए कन्स्ट्रक्सन तथा भारतीय ग्रेट स्र्पोट्स इन्फ्रा जेभीबीच सम्झौता भएपछि निर्माण कम्पनीले काम थालेको हो । भारतीय र नेपाली प्राविधिहरुले जमीनको स्थलगत अध्ययन गरि सर्भे शुरु गरेका हुन् ।

नेपाली र भारतीय गरी छ जना प्राविधिकको टोलीले स्थलगत अध्ययनको काम शुरु गरेको एमए÷जिएसआई कन्ट्रक्सन जेभीका परियोजना म्यानेजर हरिबाबु न्यौपानले बताए । निर्माण कम्पनीले मंगलबार देखी जमीन सर्भेको काम शुरु गरेको उनले बताए ।

राष्ट्रिय खेलकुद परिषद्ले १ अर्ब २८ करोड २० लाखमा ठक्का सम्भौता गरे हो । यो आर्थिक वर्षमा नै सक्ने लक्ष्य राखिएको स्टेडियममा साधारणका लागि १६ हजार ५ सय, १ सय २५ विशिष्ट र २५ अति विशिष्ट प्याराफिट निर्माण गरिने उनले बताए । फुटबल मैदान, चेञ्जिङ रुम, एथलेटिक्स ट्र्याक तथा मिडिया सेन्टर लगायतका पूर्वाधार निर्माण गरिने उनले बताए ।

फुटबल स्टेडियम फिफाको मापदण्ड अनुसार हुने बताए । प्यारापिटका लागि आवश्यक कुर्सी फ्रान्सबाट आयात गरिने र जोड््ने काम मात्र हुने न्यौपानेको भनाई छ । विसं २०४० सालमा निर्माण गरिएको फुटबल स्टेडियमको विशिष्ट कक्ष २०७२ सालको विनाशकारी भूकम्पबाट क्षति पुगेको थियो ।

नयाँ भौतिक संरचना निर्माण गर्ने उद्देश्यसहित १३ महिना अघि ती मैदानको पुर्व पश्चिम रहेका दुई प्यारापिट भत्काईएको थियो । राष्ट्रिय खेलकुद परिषदले मैदानको लागि १ अर्ब ७३ करोड ५५ लाख खर्च हुने अनुमान गरिएको छ । अर्थ मन्त्रालयले १ अर्ब २० करोड ५५ लाख रुपैयाँको उपलब्ध गराउने सुनिश्चितता गरेको थियो ।

कमेन्टहरु
Loading...