पोखराको फुलबारीको घरमा आगोलागि हुदाँ ५ लाखको क्षेती

पोखरा, २४ पुस /पोखरा महानगरपालिका ११ फुलबारी स्थित भानुमार्गको एक घरमा आगलागि भएको छ । फुलबारीका ४७ बर्षिय राजेन्द्र बहादुर भट्टराईको कच्ची घरमा बिजुलीको मिटर बक्समा तार सर्ट भई आगलागी हुँदा करिब ५ लाख बराबरको क्षेती भएको प्रहरीले जानकारी दिएको छ ।

आगोलागिबाट टिभि थान २, ल्यापटप थान १, आईफोन थान १, दराज थान २, पलङ थान २ र नगद ७० हजार रुपैया र लगायत अन्य लत्ता कपडा गरि अन्दाजी ५ लाख बराबरको क्षेति भएको प्रहरीले जानकारी दिएको छ । आगो प्रहरी, स्थानीय र दमकल सहयोगमा पूर्ण रुपमा नियन्त्रणमा लिइएको छ ।

कमेन्टहरु
Loading...