लक्ष्मी स्मृति पुरस्कारबाट उपकुलपति गुरुङ पुरस्कृत

पोखरा, २० पुस । यसपटकको लक्ष्मी सिग्देल स्मृति पुरस्कारबाट नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङलाई पुरस्कृत गरिएको छ ।

पोखरामा शुक्रबार आयोजित कार्यक्रमबीच गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवर, पृथ्वीधर सिग्देल समाजका अध्यक्ष कृष्णप्रसाद सिग्देल र पुरस्कार संस्थापक शरदकान्त सिग्देलले उनलाई सो पुरस्कारबाट सम्मान गरेका हुन् ।

पुरस्कारको राशि नगद ३० हजार पाँच सय ५५ सहित सम्मानपत्र र दोसल्ला रहेको छ । नेपाली भाषा, इतिहास, संस्कृति, पुरातत्व, ज्योतिष विज्ञानको उच्च अध्ययन र अध्यापनद्वारा पु¥याएको योगदानको कदर गर्दै उपकुलपति गुरुङलाई सो पुरस्कार प्रदान गरिएको हो ।

पृथ्वीधर सिग्देल समाजले संचालन गर्दै आएको सो पुरस्कार स्व. लक्ष्मी सिग्देलका परिवारले स्थापना गरेका हुन्।

पुरस्कारका लागि छोरा शरदकान्त सिग्देल र छोरी शारदा पराजुली सिग्देलले दुई लाख रुपैयाको अक्षयकोष स्थापना गरेका थिए । पुरस्कार संस्थापक शरदकान्त सिग्देलले अक्षयकोष रकम बढाएर तीन लाख पु¥याउने घोषणा गरेका छन् ।

कार्यक्रममा बोल्दै गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले थोरै व्यत्तिको जन्म कुल, खान्दान, देश र महादेशको इज्जतका लागि हुने बताए । उनले बिद्वान बन्नु ठूलो कुरा नभएको भन्दै विद्वताबाट ज्ञानशील र कर्मशील बन्नु ठूलो कुरा भएको उल्लेख गरे ।

पुरस्कृत व्यत्तित्व नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले आफु गैर राजनैतिक व्यत्ति भएको भन्दै राजनैतिक व्यत्तिका रुपमा नहेर्न आग्रह गरे ।

कार्यक्रममा शिक्षाविद् जर्ज जोन, व्यत्तित्व छनोट समितिका संयोजक प्रा. तारा बराल र नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले बोलेका थिए ।

पृथ्वीधर सिग्देल समाजका अध्यक्ष कृष्णप्रसाद सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत परिवारको तर्फबाट विश्व सिग्देल, शारदा पराजुली सिग्देलले धन्यवाद र सदस्य नवीन सिग्देलले संचालन गरेका थिए ।

कमेन्टहरु
Loading...