कास्कीमा जिप दुर्घटनामा एक जना ज्यान गयो, मोटरसाइकल दुर्घटनामा तीन घाइते

पोखरा, २२ पुस /कास्कीको अन्नपूर्ण गाँउपालिकामा जिप दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । नँयापुलबाट अन्नपुर्ण ११ मिचुतर्फ जाँदै गरेको ग १ ज ५१९७ नम्बरको जिप सडकबाट खस्दा ३५ बर्षिय भिम बहादुर खत्री क्षेत्रीको मृत्यु भएको छ ।

जिप सडक देखी करिब ३ सय मिटर तल खस्दा जिप चालक कास्कीको अन्नपुर्ण गाँउपालिका ५ झोबाङ क्षेत्रीको घटना स्थलमानै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

त्यसै गरि पोखरा महानगरपालिका १२ सरस्वती स्कुल अगाडी मोटरसाइकल र स्कुटर ठोकिदा तीन जना घाइते भएका छन् । ग८प ३३४४ नम्बरको स्कुटर र ग१०प ८००६ नम्बरको मोटरसाइकल ठक्कर खाँदा स्कुटरमा सवार तिन जना घाइते भएका छन् ।

घाईते हुनेमा पोखरा १३ संगम टोल बस्ने ५७ बर्षिय प्रत घले, ५३ की यमकाशी घले र ६ बर्षको एल घले घाइते भएका छन् । घाईतेहरुको पश्चिम क्षेत्रीय अस्पतालमा उपचार भएको छ ।

कमेन्टहरु
Loading...